खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ फागुन २६ । नेकपा माओवादी केन्द्रकी साँसद केशरी घर्ती मगरले स्थानीय तह देखि राष्ट्रिय तहसम्म हरेक क्षेत्रमा महिलाको सहभागी बनाउन संविधान प्रदत्त अधिकारलाई कार्यन्वन गराउन सबै महिला एक भएर अगाडि बढ्नु पर्ने बताएकी छिन् ।
सांसद घर्तीमगरले फागुन २५ गते १०७ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला बिकास समिति अर्गलले आयोजना गरेको कार्यक्रमा सम्वोधन गर्दै यस्तो बताएकी हुन ।
कार्यक्रममा बोल्दै सांसद घर्ती मगरले स्थानीय चुनाव कुनै पनि अवरोधले नरोकिने बताउदै स्थानिय तहमा महिलाहरु सक्रिय प्रतिनिधित्व हुने गरि सक्रिय भएर लाग्नु पर्ने बताईन् ।
कार्यक्रममा अन्तर पार्टी महिला संजालकी अध्यक्ष भविकला रोका, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश घर्ती, अर्गल गाविस सचिव डोलराज पौडेल, नेपाली कांग्रेसका कमलापति पाठक, अर्गल माविका प्रधानाध्यापक गरेश घर्ती , नेकपा क्रान्तिकारी माओवादीका अमृत घर्ती आभाष, सम्पुर्ण संजालको तर्फबाट गोविन्द परियारले मन्तव्य व्यक्त गरेका थिए ।
दिवसका अवसरमा महिला विकास समिति अर्गलले आयोजना गरेको वतृत्वकलामा सीता घर्ती प्रथम, निर्मला पुन रोका व्दितीय, विष्णु पुन तृतीय भएका थिए । वतृत्वकलामा ११ जना सहभागी थिए ।
कार्यक्रममा जेष्ठ नागरिक ,एकल महिला चुनिमायाँ सुनार शहिद परिवारका अर्गल गाविसकी महिला सहिद कृष्ण कुमारी घर्तीकी आमा सहित १० जना सहिद परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रम महिला विकास समिति अर्गलकी अध्यक्ष फुलमाया घर्ती जलजलाको अध्यक्षता सचिव दिया श्रीषको स्वागत र पत्रकार खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।