बालकृष्ण सुवेदी, गल्कोट २०७५ कात्तिक ९ । उद्योग वाणिज्य संघ गल्कोट ईकाईले भव्य तयारीका साथ आयोजना गरेको कृषि, पर्यटन, औद्योगिक ब्यापार मेला तथा प्रथम गल्कोट महोत्सव–२०७५को नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालले उद्घाटन गरेकी छन् । महोत्सव आगामी कात्तिक १९ गते सम्म सन्चालन हुने छ ।
महोत्सव उद्घाटनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आउने व्यापक प्रचारप्रसार गरिएपनि अन्तिम समयमा राजधानी जानुपर्ने कामले गल्कोट आउन नसकेको बताईएको छ । मुख्य मन्त्री गुरुङको अनुपस्थितिले महोत्सव आयोजक लगायत गल्कोटबासीमा केहि निराशा छाएको महसूस गरिएको छ । एक महिना भन्दा पहिले देखी महोत्सवको व्यापक प्रचार प्रसार गरिएको गल्कोट महोत्सवमा नेपाली सिने जगतका महानायक राजेश हमाल सहित तीन दर्जन कलाकारहरुको जमघट रहने आयोजकले जनाएका छन् ।
महोत्सवमा प्रदर्शित ताराखोलाको मगर समुदायको सिस्नो खोस्ने परम्परा
महोत्सवका लागि हटिया बजार दुलही झैँ सिँगारिएको छ । बजार सफाई गरिएको छ । उल्लासमय वातावरणमा महोत्सव शुभारम्भ गर्ने आयोजकको मनसुबा मुख्य मन्त्री गुरुङको अनुपस्थितीले पुरा हुन नसकेपनि महोत्सवका सबै कार्यक्रमहरु भव्यरुपमा सम्पन्न हुनेमा आयोजक ढुक्क छ ।
महोत्सवमा प्रदर्शित ताराखोलाको मगर समुदायको सिस्नो खोस्ने परम्परा
करिब ६० लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सब स्थलमा करिब २ सय स्टल निर्माण भैसेकेका छन् । बिभिन्न बिकिसमाका झुला, बालउद्यान तथा स्टेज निर्माण भैसकेो छ । महोत्सबको लागि महोत्सब स्थल सीमखेत जाने मोटरबाटो समेत मर्मत गरिएको छ । महोत्सबको उद्घाटनको अबसरमा हटिया बजारमा यालीव्दारा बजार परिक्रमा गरिएको छ ।
महोत्सबमा खुल्ला भलिबल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, गल्कोट डान्स च्याम्पीयन प्रतियोगिता, डबल ब्याडमिन्टन प्रतियोगिता, कृषि मेला प्रर्दशर्नी, शैक्षिक सामाग्री प्रर्दशनी तथा बाल मेला, क्यानोनिङ, सहितका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएका छन् ।
तस्वीर सौजन्य: थम्मन थापा सन्देश, गल्कोट ।