Sorry, that menu does not exist.
 

गल्कोटमा रहेका सम्पदाको सदुपयोग गरि समृद्ध गल्कोट बनाउन सांसद छन्त्यालको आग्रह !

घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक ९ । बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईले आयोजना गरेको प्रथम गल्कोट महोत्सवको आज हटियाको सीमखेतमा संघीय सांसद ज्ञान कुमारी छन्त्यालले उद्घाटन गरि महोत्सबको शुभारम्भ भएको छ । महोत्सबको उद्घाटन गदैे गल्कोट महोत्सबले गल्कोट सगैं बागल्ङको बिकासमा योगदान दिने बताएकी छन् ।

गल्कोट क्षेत्र आफैमा साँस्कृतिक तथा प्राकृतिक हिसाबले पनि महत्वपुर्ण रहेको बताउदै सांसद छन्त्यालले अब समृद्ध गल्कोट बनाउन गल्कोटमा रहेका श्रोतको पहिचान गरि बिकास निर्माणमा जुट्नुपर्ने बताईन् । गल्कोटको समृद्धी गल्कोटमै रहेको प्रयटकीय क्षेत्र, दरम गौदी लगाएतका दर्जनौ नदी भएर बग्ने जलश्रोत बनजङ्गल लगाएतको सहि सदुपयोग गरि समृद्ध र समुन्नत बनाउनुपर्ने उनको भनाई थियो ।

महोत्सवको उद्घाटनको अबसरमा गण्डकी प्रदेशका संसाद चन्द्र बहादुर बुढा सागरले गल्कोट महोत्सबले समग्र बागलुङको प्रर्यटन प्रबर्धनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे भने कार्यक्रममा गण्डकी प्रदेशकी सांसद दिलमाया रोका, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, गल्कोट नगरपलिकाका नगर प्रमुख भरत शर्मा गैरे, बागलुङ नगरपालिकका नगर प्रमुख जनकराज पौडेल, ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ति, बडिगाड गाउपालिकका अध्यक्ष मेहरसिहँ पाईजा, काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा निसिखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सयन्त्र सदस्य फमलाल निउरे, नेपाली काग्रेसका जिल्ला सल्लाहकार सदस्य हरिप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष ढालेन्द्र प्रसाद गौतमको स्बागत तथा महासचिब हिम बहादुर भण्डारी हेमन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply