खेमराज अर्याल, बुर्तिबाङ २०७५ कात्तिक १० । कला संस्कृतिको विकास, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन अवको निकास भन्ने नारा सहित बुर्तिबाङ राइजिङ युवा क्लवको १६ औं वार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेला २०७५ को शुक्रबार उद्घाटन गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले ढोरपाटन नगरपालिकाको समग्र विकासका लागि नगरवासी सबै एकजुट हुन आवश्यक रहेको बताए । आफ्नो ठाँउ आफै विकास गर्नका लागि स्थानिय सरकार गठन भएको बताउदै उनले नगरपालिकाको विकासका लागि आफू पूर्ण रुपमा प्रतिवद्ध रहेकोले विकासका लागि नगरवासीको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
वाढी पीडित र डुबानमा पेरकाहरुलाइ नगरपालिकाका तर्फबाट र आफुले व्याक्तिगत रुपमा आर्थिक सहयोग गरेको र विभिन्न विद्यालयमा आफ्नो व्याक्तिगत लगानीमा शिक्षक राखेको स्मरण गराउदै नगरप्रमुख नेपालीले आफु निस्वार्थ ढंगले नगरपालिकाको विकासमा केन्द्रित भएको स्पष्ट पारे । बुर्तिबाङ राइजिङ युवा क्लवले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको र अबका दिनमा सामाजिक कार्यमा पनि सक्रिय हुन नगरप्र्रमुख नेपालीले क्लवलाई आग्रह गरे । क्लवले गर्ने हरेक क्रियाकलापमा नगरपालिका र आफ्नो व्याक्तिगत रुपमा पुर्ण रुपले सहयोग रहने पनि विश्वास व्यक्त गरे ।
कार्यक्रमको तेस्रो दिन शुक्रबार लोकदोहोरी गायक तथा गायिकाको विशेष साँगीतिक प्रस्तुती रहेको थियोे । कार्यक्रममा चर्चित लोक गायिका तथा डान्सर प्रिती आले , गायक चोलेन्द्र पौडेल, राजेश बर्देवा, युवराज छन्त्याल लगाएतका कलाकारले कार्यक्रममा आफ्नो धमाकेदार प्रस्तुति दिए । आजको कार्यक्रममा यस क्षेत्रमा प्रचलित सराय नाँच मारुनी नाँच र भजनकृतन प्रस्तुत गरिएको थियो भने शुत्रबारबाटै वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता समेत सुरु भयो ।
कोजाग्रत पूर्णिमा तथा वार्षिक उत्सवका अवसरमा क्लवले वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता महिला भलिवल प्रतियोगीता, पश्चिमाञ्चल स्तरीय मेन्स डबल्स तथा सिंगल्स व्याडमिन्टन प्रतियोगीता, समुह बि अन्तरगत पालिका स्तरीय मेन्स डबल्स व्याडमिन्टन प्रतियोगीता, खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, ए साईड फुटवल प्रतियोगिता, सिंगल्स तथा डवल्स नृत्य प्रतियोगीता, पञ्चेवाजा प्रतियोगीता, रस्सा कस्सा प्रतियोगिता, लगाएतका कार्यक्रमको आयोजना गरेको छ ।