Sorry, that menu does not exist.
 

कला संस्कृतिकोे जर्गेना गर्न क्लवको भूमिका महत्वपूर्णः नगरप्रमुख सापकोटा

कौरव खत्री, गुल्मी २०७५ कात्तिक ११ । गुल्मीको खड्कदेवी युवा क्लव मुसिकोट नगरपालिका २ रातचौरले आयोजना गरिएको खुल्ला पुरुष भलिवल तथा साँस्कृतिक कार्यक्रम सहित हिजो अर्थात शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले कला संस्कृतिकोे जर्गेना गर्न क्लवले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउदै मेयर सापकोटाले हामी जति कला र गलामा रमाउछौ त्यसै गरि देश निर्माण र विकास गरेर रमाउन अव सबै पक्ष लाग्नु पर्ने बताए ।

साथै नगरप्रमुख सापकोटाले कलाकार र खेलाडी भनेका हाम्रो राष्ट्रका गहना भएकोले नगरले कलाकारिता र खेलकुद क्षेत्रको विकास विशेष ध्यान दिने बताए ।

साथै नगरप्रमुख सापकोटाले क्लवको खेलमैदान निर्माणका लागि नगरले आश्यक वजेटको व्यवस्था गरि सहयोग गरिदिने बताए । अहिले आफू नमूना नगरपालिका बनाउन तर्फ लागि परेकोले यसमा सबैको सहयोग गर्नु पर्ने बताए ।

साथै सोही अवसरका नेकपाका नगर संयोजक खुम बहादुर थापा,वडा अध्यक्ष लक्षमण खत्री नगर खेलकुद विकासका अध्यक्ष नविन कक्षापति लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्तिक ८ देखि १० गतेसम्म सञ्चालन भएको खुल्ला पुरुष भलिवल प्रतियोगीतामा गुल्मी तथा बागलुङ जिल्लाका विभिन्न १८ समुहको सहभागिता रहेको खुल्ला पुरुष भलिवल प्रतियोगीतामा रेस्क्यू युर्थ क्लव मुसिकोट नगरपालिका २ भर्जुवा गुल्मी प्रथम हुँदै नगद १५ मेडल र प्रमाण पत्र सहित पुरस्कार हात पारेको छ भने आयोजक खड्कदेवी युवा क्लव मुसिकोट नगरपालिका २ रातचौर गुल्मीले नगद १० हजार मेडल प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।

यस्तै उत्कृष्ट खेलाडीमा आयोजक खड्कदेवी युवा क्लव मुसिकोट नगरपालिका २ रातचौर का रेशम श्रीसलाई समेत नगद पुरस्कारले सम्मान गरिएको थियो ।

कार्यक्रममा खुल्ला रेर्कड डान्स प्रतियोगिता तर्फ सिंजाली गु्रप गलकोट नगरपालिका ११ का मनेवा बाग्लुङ्ग प्रथम,मुसिकोट नगरपालिका ६ भुवाचिदी गुल्मीका सागर भट्टराई द्धितीय, र मुसिकोट नगरपालिका ६ स्वाँरा गुल्मीकी प्रिया गुरुङ्ग र सोही नगरपालिका ३ नौविसे गुल्मीकी सिया भण्डारी तृतीय भएका छन् विजेताहरु कलाकारहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । साथै सोही अवसरमा निर्वाचित जनप्रतिनिभिहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम खड्कदेवी युवा क्लवका अध्यक्ष रविन खत्रीको अध्यक्षता तथा क्लवका सल्लाहकार एवं पत्रकार कौरव खत्रीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने खड्कदेवी युवा क्लवका उपाध्यक्ष रामप्रसाद आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply