गल्कोट २०७५ कात्तिक ११ । पहिलो गल्कोट महोत्सव २०७५ हटियाको सीमखेतमा जारी रहेको छ । बिभिन्न कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएर महोत्सवलाई तताई रहेका छन । हालसम्म महोत्सवमा कलाकारहरु तुलसा थापा, मिलन लामा, चौलेन्द्र पौडेल, बसन्ती थापा, पुष्कल शर्मा, पोखरेली बांगे बुढा लगायतले आफ्नो सांगीतिक प्रस्तुतिले दर्शकहरुलाई तताई सकेका छन् ।
महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नआएपछी निराश बनेका गल्कोटबासीलाई पछिल्लो समय गल्कोट मै जन्मे हुर्किएका केहि चर्चित कलाकारहरुको महोत्सव बहिष्कार गर्ने अभिव्यक्तिले थप निराश र अन्यौल सिर्जना गराएको छ ।
गल्कोटका चर्चित कलाकार विष्णु खत्री र संगीतकार बसन्त थापाले आफनो फेसबुक स्टाटस्मा महोत्सवलाई लिएर व्यक्त गरेका विचारले स्थानीयले केहि अस्वाभिकता महसूस गरेका छन् । यी दुई चर्चित लोक गायकहरु सहित केहिले महोत्सव बहिष्कार गर्ने अभिव्यक्तिबारे ईबागलुङले महोत्सव आयोजक समितिका अध्यक्ष एवं उद्योग वाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठसंग जानकारी लिन खोज्दा उनले उहाँहरुलाई सादर निमन्त्रणा गरिएको बताए ।
महोत्सवमा सहभागिता नजाउने खालको अभिव्यक्ति फेसबुकबाट आएको छ नि त भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले त्यो आफुलाई थाहा नभएको बताउदै अन्य कलाकारहरुले सहभागिता जनाउने स्पष्ट पारे ।
गल्कोट महोत्सवमा महानायक राजेश हमाल लगायत आमन्त्रित झण्डै तीन दर्जन कलाकारहरु आफ्नो सल्लाहानुसार नभएको असन्तुष्टी स्वरुप महोत्सव बहिष्कार गरेको केहि संगीत प्रेमीको बुझाई रहेको छ । आफ्नो जन्मस्थलोमा आयोजित महोत्सवमा सहभागिता जनाएर आफ्नो कला र क्षमताव्दारा गाउँबासीलाई मनोरन्जन दिन कन्जूसाईँ गर्न नहुने स्थानीयको भनााई सार्वजनिक भएको छ ।
त्यसोत, गल्कोट उपत्यका महोत्सवलाई लिएर बिबादित एवं आलोचित रहँदै आएको छ । गत २०७४ सालको असोज १८ गते “समग्र बिकासका लागी नयाँ कल्पना” भन्ने मूल नाराका साथ हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट प्रालि पोखराले सन्चालन गरेको प्रथम साँस्कृतिक महोत्सवमा पनि प्रारम्भमा निकै बिबाद उत्पन्न भएको थियो । घुम्टे महोत्सव नाम राख्न नदिने विषयले प्रवेश पाएपछी यो पहिलो साँस्कृतिक महोत्सव झण्डै स्थगित हुने अवस्थामा पुगेको थियो भने यस अघी १२ वर्ष पहिले आयोजित महोत्सवको हाल सम्म आयव्यय सार्वजनिक गरिएको छैन । यसैवीच केहि महिना पहिले बागलुङ जिल्लाको पर्यटन प्रबर्धनका लागि ‘हाम्रो बागलुङ’ भिडियो (डकुड्रामा) निर्माण गरिने ! प्रशंग बाहिरा आयो तर त्यो काम सुरु भएको जानकारी पाउन सकिएको छैन ।