Sorry, that menu does not exist.
 

सामाजिक बिकासका लागि प्रहरीको भूमिका महत्वपूर्ण-प्रजिअ खरेल !
प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी तरिकाले बढाउन उपप्रमुख भुषालको जोड !

कोपिला कंडेल, बागलुङ २०७५ कात्तिक ११ । बागलुङ जिल्लामा आजदेखी प्रहरी साझेदारी कार्यक्रम शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज संघिय प्रहरी ईकाई बागलुङमा एक कार्यक्रमको आयोजना गरी आजदेखी प्रहरी साझेदारी कार्यक्रम प्रारम्भ भएको जानकारी दिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुषालले अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकको भुमिका समान हुनुपर्ने बताए । शान्ति सुरक्षालाई ठिक ढङ्गले अगाडी बढाउनका लागि प्रहरी साझेदारी कार्यक्रम प्रशंसनीय भएको भन्दै उपप्रमुख भुषालले जिल्लाका सबै तह सम्म प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडी बढाउनुपर्नेमा जोड दिए ।

बिभिन्न अपराध र हिँशाजन्य क्रियाकलापलाई रोक्नका लागि सरोकारवाला जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले सामाजिक बिकासका लागि प्रहरीको भूमिका महत्वपुर्ण हुने बताउदै सुरक्षालाई बिकास संग र बिकास निर्माणका हरेक क्रियाकलापलाई शान्ति सुरक्षा संग जोड्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मीले सामाजिक बिकृति बिसंगती र अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्नका लागि प्रहरी साझेदारी कार्यक्रमलाई जिल्लाका सबै तहमा पुर्याउन लागेको जानकारी दिए । अपराध न्युनीकरण रोकथाम अपराधिक ब्यक्तिको पहिचान निगरानीका लागि प्रहरीले केन्द्रिय निती अनुरुप जिल्ला पालिका र वडास्तर सम्म प्रभावकारी रुपमा आफ्ना गतिबिधी अगाडी बढाउने उनको भनाई थियो ।

उनले प्रहरी प्रधान कार्यालयको निर्देशन अनुरुप जिल्लामा पनि टोलटोलमा र घरघरमा प्रहरी साझेदारी कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रम संचालन गर्नका लागि प्रहरी र पालिका बिच सहमती भएको छ । सहमति पत्रमा जिल्ला स्थित पालिकाका प्रमुखले हस्ताक्षर गरेर सहमति जनाएका थिए ।

कार्यक्रममा जिल्लाका सबै पालिका वडा तहका जनप्रतिनिधी, बिभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधी नागरिक समाज संचारकर्मी लगायतले उपस्थीती जनाएका थिए ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बालनरसिहं राणाको समापन र प्रहरी निरीक्षक धर्मराज अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply