झरना कँडेल, बुर्तिवाङ २०७५ कात्तिक १२ । बुर्तिबाङ राइजिङ युवाक्लवको १६ औं वार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेला आईतबार पाँचौ दिन पनि जारी छ । कला संस्कृतिको विकास, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन अवको निकास भन्ने नारा सहित बुधबारबाट कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमको हिँजो पाँचौ दिन विविध प्रतियोगितात्मक कार्यक्रम भएका छन् । वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता अन्तर्गत ढोरपाटन नगरपालिका ६ र तमानखोला गाँउपालिका ५, ढोरपाटन नगरपालिका ५ र तमानखोला गाउँपालिका १, ढोरपाटन नगरपालिका ३ घोसा र ढोरपाटन नगरपालिका ७, ढोरपाटन नगरपालिका ६ र ढोरपाटन नगरपालिका २, बडीगाड गाउँपालिका ७ र तमानखोला गाउँपालिका ५ विच भएको खेलबाट तमानखोला गाउँपालिका वडा नम्बर ५, तमानखोला गाउँपालिका १, ढोरपाटन नगरपालिका ३ घोसा, ढोरपाटन नगरपालिका ६ र बडीगाड गाउँपालिका वडा नम्बर ७ विजयी भएका छन् ।
हिँजै एकल नृत्य प्रतियोगिता पनि भएको छ । १४ जनाले प्रतिस्पर्धा गरेको एकल नृत्य प्रतियोगिताको नतिजा भने सार्वजनिक गरिएको छैन । हिँजोको कार्यक्रममा चर्चित गायक श्रीकृष्णबम मल्ल, गायिका लक्ष्मी मल्ल, हास्य कलाकार पुरुषोतम भण्डारी पुर्खे बा लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।