घनश्याम गौतम, गल्कोट २०७५ कात्तिक १३ । बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक ब्यापार मेला तथा प्रथम गल्कोट महोत्सबको आज पाचौें दिन सांगीतिक तथा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कृषि प्रर्यटन औद्योगिक ब्यापार मेला तथा प्रथम गल्कोट महोत्सबमा आज राष्ट्रिय कलाकार थानेश्बर गौतम, चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगर, हास्य कलाकार पुर्खे बा, लगाएतका आधादर्जन कलाकारले सांगतिक प्रस्तुति दिएका छन् ।
नेपाली संगीतमा जुन सुकै बिधामा पनि गीत गाउन सक्ने संगीत विषयमा डिग्री गरेका गौतमले धेरै लामो समय गल्ल्कोटमा आएर गजल, रोइला, सालैजो ,पन्चेबाजा, चलचित्र लगाएत दर्जन गीत गाएका थिए । गल्कोट महोत्सबमा दर्शकलाई रुवाउन हसाउन र नचाउन अब्बल गाएक थानेश्बर गौतमले सिन्दुर लाउने हौली माया चुरा लाउने हौली, बिर्सिएर श्रृगारमा सिन्दुर लगाईनछौं, गाईको बाच्छी भकारैमा गाई चराउदैं बन, स्याङजा गए पाल्पा गए बटौलीमा गईन, लगाएतका दर्जन बढि आधुनिक, रोईला, सालैजो तथा पञ्चेबाजा लगाएतका गितहरु गाउदा दर्शकले नाचेर धुलो उडाएका थिए ।
कार्यक्रम सञ्चालक लोक गायक चोलेन्द्र पौडेलले चर्चित लोक गायिका ज्योति मगरलाई स्टेजमा आमन्त्रण गरेपछि ज्योति मगर सादा चप्पल गुन्यु-चोलो र टेकी संगैं झुम्के बुलाँकी सहितको पहिरनमा स्टेजमा निस्किदा के के नै देख्न पाईन्छ भन्ने आशामा रहेका दर्शकले तीन चित खाए । उनको आजको पहिरनले उनका फ्यानहरुलाई भनिरहेको थियो, ‘हल्ला नगर मैँ हुँ ज्योति मगर. …!’
प्रायजसो दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गरि स्टेजमा हलचल नै मच्चाउने ज्योति मगरले आज जुन पहिरनमा स्टेजमा उक्लिईन त्यसले आफु अश्लील शब्द र छोटो पहिरनकै कारण चर्चित नभएको कला र सकृतिको सम्मान गर्न अब्बल रहेको उदाहरण पेश गरेको स्थानियको बुझाई छ । उहि मुलाको सिन्की, उही मुलाको चाना, पिरतीमा दम छ, जिम्माल बाउकी छोरी, लगाएतका आधुनीक तथा रोईला एबं लोक दोहरी गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिईन् ।
कार्यक्रममा आज गल्कोट डान्स च्याम्पियन प्रतियोगिताबाट टप टेन छनोट भएका छन् । कार्यक्रममा हास्य कलाकार पुर्खे बा ले ब्यग्य प्रस्तुती पस्केका थिए ।
महोत्सवमा भोलि गल्कोटमा प्यारा ग्लाईडिङ सञ्चालन गरिने भएको बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाईका सदस्य वीरजंंग भण्डारीले जनकारी दिए ।
कात्तिक १४ गते चर्चित गायिका तथा नेपाल आईडलकी जर्ज ईन्दिरा जोशी, नबिन पौडेल, बिनोद भण्डारी, सुमन थापा लगाएतका आधादर्जन बढि कालाकारले सांगीतिक प्रस्तुति दिने बताइएको छ ।
महोत्सबको शुभारम्भ संगै सुरु भएको कृषि मेला प्रदर्शनी, ब्यापारिक स्टलमा किनमेल तथा अर्गानिक बस्तुबाट बनेका परिकारको स्बाद लिन गल्कोट महोत्सबमा प्रबेश गर्नैपर्ने ईकाईले जनाएकोछ ।
उद्योग बाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठका अनुसार भोलि देखी खुल्ला पुरुष भलिबल प्रतियोगिता लिगकम नक आउटको बिधिअनुसार र खुल्ला लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ । श्रेष्ठले महोत्सबको पाचौ दिन सम्म सागीतमय भएपनि छैटौ दिनबाट बिभिन्न प्रतियोगितालाई प्राथमिकताको साथ सञ्चालन गरिने ईबागलुङलाई जनाकारी दिएका छन् ।