Sorry, that menu does not exist.
 

गल्कोट महोत्सवको पाँचौ दिनसम्म झण्डै ३५ लाख बरावरको कारोवार

कौरव खत्री, गल्कोट २०७५ कात्तिक १४ । गल्कोट हटियामा सञ्चालन भएकोे प्रथम गल्कोट महोत्सवमा आर्थिक कारोवार राम्रो हुदै गएको छ ।

महोत्सवमा राखिएका विभिन्न स्टल तथा जाडोका न्यानो कपडा, झुला झुलापिङ्ग, बाल मनोरञ्जन, टिकट, होटल व्यवसाय लगायतबाट गरि पाँचौ दिनसम्म झण्डै ३५ लाख बरावरको कारोवार भएको उद्योग वाणिज्य संघ, गल्कोट इकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आर्गनिक खाना, लोक संस्कृति तथा खेलकुद हेलिकप्टरबाट गल्कोट क्षेत्रको दृश्यावलोकन, साहसिक खेल क्यानोइङ्ग लगायत महोत्सवका मूख्य आकर्षण रहेको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवको पाँचौ दिन पनि राष्ट्रिय कलाकार थानेश्वर गौतम, ज्योति मगर, हास्यकलाकार पुषोत्तम भण्डारी पुर्खेबा स्थानीय कलाकारहरु लगायतको समेत साँस्कृतिक प्रस्तुती रहेको थियो ।

प्रथम गल्कोट महोत्सव १८ गतेसम्म सञ्चालन हुने छ भने महोत्सवले ओझेल परेका कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गदै गल्कोट क्षेत्रको कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन र वृद्धि विकासमा थप बल पु¥याउने इकाईका अध्यक्ष श्रेष्ठले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply