Sorry, that menu does not exist.
 

यसरी सकियो, बुर्तिर्वाङ राईजिङ युवाक्लबको वार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेला (तस्बीरमा हेरौँ)

झरना कँडेल, बुर्तिवाङ २०७५ कात्तिक १६ । प्रत्यक वर्ष बुर्तिर्वाङ राईजिङ युवाक्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा बिगत १६ वर्ष देखी आयोजना गर्दै आएको कोजाग्रत पूर्णिमा मेला बिहीबार सम्पन्न भएको छ ।

२०७४ सालको कोजाग्रत पूर्णिमा मेलामा आयोजना गरिएको भलिबल लगायत अन्य खेलकूद प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरुको रंगारंग प्रस्तुति र २०७५ सालको बैशाखमा बुर्तिवाङ बजारमा आयोजित प्रथम ढोरपाटन महोत्सवको झकिझकाउको अगाडी यसपालीको कोजागत पूर्णिमा मेला खल्लो भएको महसूस धेरैले गरेको देखियो ।

मेलाको शुभारम्भ मै क्लबका एक होनहार सदस्य अनिल कुँवरको अकल्पनीय असामयिक मृत्युले आयोजकले असह्य पीडाको अनुभूति गर्न प-यो । यस पाली मेलामा समावेश गरिएका भलिबल लगायतका प्रतियोगिताहरु एवं दर्शकहरुको सर्वाधिक रुचिकर रहेको सांगीतिक कार्यक्रममा गतवर्षहरुको तुलनामा राम्रा उत्कृष्ट कलाकारहरुको अभाव खट्किएको दर्शकहरुले गुनासो गरे ।

क्लबका नवनिर्वाचित पदाधिकारी सदस्यहरुको उत्साह प्रशंसनीय रहेपनि मेलालाई सफल, आकर्षक एवं भव्य बनाउन सर्वपक्षीय सुझाव लिएर अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ, ताकि कहिँ कतैबाट कुरा काट्ने, कमी कमजोरी औल्याउने मौका नमिलोस ।

बुर्तिवाङ राईजिङ युवा क्लबको काम कोजाग्रत पूर्णिमा मेलाको आयोजना गर्नु हो भन्ने मान्यताबाट बाहिर निस्किएर सामाजिक, रचनात्मक एवं जनचेतनामुलक कार्यहरुमा सहभागिता जनाउनुलाई क्लबको सकारात्म पक्ष मान्नु पर्छ । यसलाई निरन्तरता दिएर आगामी दिनहरुमा पनि क्लबलाई जीवन्त राख्न धेरैको आग्रह रहेको छ ।

यसपालीको वडा स्तरीय पुरुष भलिबलमा १६ टीमले सहभागता जनाएकाेमा निसीखोला गांउपालिका १ प्रथम भएको छ । व्दितियमा निसीखोला २ भएको छ भने तृतीय स्थानमा ढोरपाटन नगरपालिका ३ घोसाखानी भएको छ ।

त्यस्तै ७ समुहको सहभागिता रहेको महिला भलिबल तर्फ बडीगाड गांउपालिका ४ जलजला प्रथम तथा ढोरपाटन नगरपालिका ८ व्दितिय भएका छन । तमानखोला ५ तृतिय भएको छ । त्यस्तै फुटबल प्रतियोगिता तर्फ खर्वाङ समुह प्रथम र आयोजक संस्था व्दितिय भएको छ । रस्सा कस्सा प्रतियोगितामा ८ समुहको सहभागिता रहेकोमा निसीखोला गांउपालिका १ प्रथम, तमानखोला गांउपालिका व्दितिय भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply