भरत सापकोटा, बागलुङ (बिहुँ) २०७५ कात्तिक १६ । काठेखोला गाउपालिका वडा ६ मा कृषकहरुलाई २८ वटा मिनिटेलेर हलो वितरण गरिएको छ । उक्त वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष अमर थापाले यस वडामा कृषिलाई आधुनिकीकरण गरि कृषकहरुलाई आर्थिक सबृद्धिको बाटोमा अघि बढ्न प्रेरित गर्ने भन्दै यस क्षेत्रलाई सुन्तलाको प्रख्यात क्षेत्र बनाउने कार्यक्रम समेत लागु गरिएकाले यस क्षेत्रलाई आर्थिक समृद्धिकै माध्यमबाट विकाश गर्न सकिने बताए।
अध्यक्ष थापाले भने, यहाँका कृषकहरुको जोसजाँगर देख्दा अझै खुसी लागेको छ । यसरी नै लाग्ने हो भने काठेखोलाको विकाशमा आमुल परिवर्तन आउन धेरै समय लाग्दैन ।
वडा नम्बर ६ मा गाउंपालिकाबाट तिन वटा मिनिटेलर हलो परेपनि मिनिटेलर हलो कै खरिदका लागि वडा ६ ले रु ८ लाख रुपैया थप गरी २८वटा मिनिटेलर हलो किन्न बजेट विनियोजन गरिएको वडा अध्यक्ष कडेंलले बताए। उनले हामीले कृषकहरुलाई निक्कै अप्ठेरो परेको र गोरु र हली खोज्दा कृषकहरु महंगोमा परेको बताउदै कृषकहरुलाई अब भने सहज हुने बताए। कडेंलले भने, हामीले हलो वितरणको ग्रुप बनाएर आवेदन भर्ना अनुरोध गरेका थियौ र हामीले सोचे भन्दा बढी कृषकहरुको माग बढेपछि उनिहरुको मागलाई सम्बोधन गरिएको पनि उनको भनाई थियो ।
रु ५२ हजार रुपैयाँ परेको मिनिटेलर हलोमा कृषकहरुले ५० ५ अर्थात रु २५ हजार रुपैया समेत लिईएको र ५० प्रतिशत अनुदानमा वितरण गरिएको कडेलले जानकारी दिए ।
सो कार्यक्रममा प्रसासकीय अधिकृत खिम विश्वकर्मा कृषक लिलाधर कडेल लगाएतले बोलेको कार्यक्रमको संन्चालन सचिव लिला थापाले गरेका थिए । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष युक्तप्रसाद कडेंलको रहेको थियो।