कमल पौडेल, बागलुङ (बडीगाड) २०७५ कात्तिक १६ । दीपज्योति युवा परिवार बडीगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा दशैं तथा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आयोजना गरिएको खुल्ला भलिवल प्रतियोगीतामा वसन्त युवा क्लव समुह प्रथम भएको छ भने आयोजक दिपज्योती युवा परिवार व्दितिय भएको छ । त्यस्तै रेकर्ड नृत्य प्रतियोगीतामा सिंजाली गायज प्रथम, प्रिया गुरुङ व्दितिय, वासना साँवत तृतिय तथा दीपज्योति युवा परिवारले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले खेलकुद, कला संस्कृति देशका आधार भएको भन्दै यसको जगेर्ना र विकास गर्न गाउँपालिका लागि परेको वताएका थिए । पाइजाले सामाजिक एकतावाट मात्रै विकासले गति लिने भन्दै सवैलाई एकतावद्ध भएर सामाजिक विकासमा लाग्नुपर्ने आग्रह गरेका थिए ।
कार्यक्रममा अध्यक्ष पाईजा, वडा अध्यक्ष हिमा खरेल सहित कार्यक्रममा सहयोग पुर्याउने प्रायोजक, तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो। सोहि कार्यक्रममा कुमाल जातीको साँस्कृतिक पहिचान बनेको हेम्फै नाँच प्रदर्शन गरिएको थियो।
कार्यक्रम दीपज्योति युवा परिवारका अध्यक्ष गणेशमान चालिसेको अध्यक्षता, उपाध्यक्ष सुर्य घिमिरेको स्वागत मन्तव्य तथा सचिव होमनाथ खरेलको संचालनमा सम्पन्न भएको थियो।