गल्कोट २०७५ कात्तिक १६ । गल्कोट नगरपालिका ८ काँडेबासमा जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा सन्चालित घुम्ती सेवा शिविरमा राति पौने ८ बजे सम्ममा १ सय ५० नागरिकताको प्रमाणपत्र र १ सय २० मतदाता परिचय पत्र वितरण गरिएको गल्कोट नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिएका छन् । सेवाग्राहीहरुको संख्या धेरै हुनाले राति सम्मपनि शिविरमा काम भैरहेको गौतमले बताए । घुम्ती शिविर आजै विहान देखी सुरु गरिएको थियो ।
गल्कोट नगरपालिका-८ काँडेवासका वडाध्यक्ष रामप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले पहिलो सेवाग्राहीका रुपमा रिता सुनारलाई सम्मान गर्दै जेष्ठ नागरिका ५९ वर्षिया जमुना गलामीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर घुम्ती सेवा शिविरको उदघाटन गरिएको पशासकीय अधिकृत धिरेन्द पन्तले जानकारी दिए ।
गल्कोट नगरपालिका ८ काँडेवास स्थित शिव माध्यमिक विद्यालयमा सन्चालित घुम्ती सेवा शिविर प्रमुख जिल्ला अधिकारी खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मी सहितको टोलीले यो समाचार लेख्दा सम्म नागरिकताको प्रमाण पत्र र फोटो सहितको मतादाता नामावली वितरण गर्ने कार्य जारी छ । शिविरमा गल्कोट नगरपालिका वडा ८ र ९ का बढी र अन्य वडाहरुका सेवाग्राहीहरु समेत आएको बताईएको छ ।
तस्वीर- अर्जुन ढकाल, गल्कोट ।
गल्कोट काँडेवासमा सन्चालित घुम्ती सेवा शिविरमा सेवाग्राहीको भीड, राति पौने ८ बजेसम्म शिविर जारी
२०७५ कार्तिक १६, शुक्रबार १९:५६
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४