घनश्याम गौतम
गल्कोटको आकाशमा करिब साढे चार मिनेट भौगोलिक रुपमा बागलुङ जिल्लाको मध्ये भु– भाग, प्रशिद्ध दरम गौधीखोलाको तट तथा बागलुङको प्रशिद्ध अग्लो पहाड घुम्टेको काखमा रहेको हटिया सिमखेतमा अवस्थित सुन्दर नगरी गल्कोट हटियामा ऐतिहासिक कालदेखि नै विभिन्न मेला तथा महोत्सवहरुको आयोजना हुदै आएको छ ।
भौगोलिक वनोटको आधारमा नेपालभित्रको पनि सानो नेपाल भनेर चिनिने बागलुङ जिल्ला नेपाली कागजको जिल्ला र निर्माणका हिसाबले झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ प्राकृतिक साँस्कृतिक तथा पर्यटकीय हिसाबले एक धनी जिल्ला हो । बागलुङ जिल्लाकोे गल्कोट उपत्यका मल्लकालीन राजाले राज गरेको भएकोले ऐतिहासिक क्षेत्रको रुपमा लिईन्छ । विभिन्न जातजातीका मौलिक कला सँस्कृति, घाटु, मारुनी, घुम्टे साइलो, लाखे नाच, सालैजो, बिनासाले, पञ्चेबाजा, लोकदोहोरी, सोरठी, यानीमाया, सुनिमाया, नानीलै, चुड्का, मारुनी, नचरी, झाम्रे, भजन तथा कौडा लगायतका लोक भाकाहरु यस गल्कोटका साँस्कृतिक धरोहर हुन । तसर्थ यस्ता स्थानहरुको सम्वद्र्धन र प्रवद्र्धन गर्दै नेपालमै धेरै रेमिटान्स भित्राउने गल्कोटमा आर्थिक गतिविधीहरु बढाउने सशक्त माध्यमको रुपमा रहने विभिन्न मेला महोत्सव सञ्चालन हुने गर्दछन् ।
यसै परिबेशमा बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईले आयोजना गरेको कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला एवम् गल्कोट महोत्सव २०७५ सञ्चालन भैरहेको छ । यसै अबसरमा गल्कोट महोत्सबको आकर्षणको केन्द्र बिन्दु प्याराग्लाईडिङ बनेको छ । हुन त आफैमा साहासिक खेलको रुपमा परिचित क्यानोनिङ गल्कोट नगरपालिका बडा नम्बर ३ को सहस्रधारामा सफल परिक्षण भएको अबस्थामा गल्कोट महोत्सबको अबसरमा प्यारा ग्लाईडिङको सफल परिक्षण भएको छ ।
सिमखेतमा सञ्चालन भैरहेको गल्कोट महोत्सबलाई अकाशबाट हेर्ने बाताबरण निर्माण गरको आयोजक उद्योग बाणिज्य संघ गल्कोट ईकाईले अर्को साहसिक खेलको शुभारम्भ गरेको छ भन्दा सायदै फरक पर्दैन ।
कात्तिक १६ गते गल्कोट नगरपालिका बडा नम्बर २ को सेतिघडेरीबाट २ ओटा फ्लाईट सफल भएका थिए जसमा गल्कोट ईकाईका महासचिब हेमन्त भण्डारी र कोषाध्यक्ष दिलिप श्रेष्ठले उडान परिक्षण गर्नु भयो । साथै गल्कोट नगरपालिका बडा नम्बर ५ को सर्दाखेतबाट प्याराग्लाईडिङको परिक्षण गर्ने अबसर प्राप्त गरेपछिको गल्कोटको आकाशमा करिब ४ मिनेट उडेर गल्कोट लाई आकाशबाट अबलोकन गरियो । गल्कोट आकाशमा उड्ने क्रममा कात्तिक १६ गते दिनको १ बजेबाट सम्भाबित ठाउको लागी हिडेको टोली थकानका बिच धेरै सम्भाबित ठाउमा पुगेर अन्तिममा सर्दाखेतबाट उडान गरियो ।
करिब २ बजेको समयमा हामी पाईलट दुर्योधन खड्का र यो हरफकार गल्कोट नगरपालिका बडा नम्बर ५ को सर्दाखेतमा पुगेर उडानको तयारीमा जुट्यौ । अर्को उडानको लागी पाईलट निरन्जन कुबर र सुदिप श्रेष्ठ पनि सोही स्थानमा पुग्नुभएको थियो । त्यहाँ स्थानियको उपस्थीति पनि राम्रै थियो । यहाँबाट आकाशमा उहाँ उड्नुहुन्छ, कसरी होला भन्दै कुरा गदैं थिए । त्यतिकैमा पाईलट दुर्योधन खड्काले सम्पुर्ण तयारी गरि भन्नुभया,े गो भनेपछि तपाई दौड्नु होला, हाबाको गति बढेमा सिधा जाने प्रयास गर्नुहोला, लडिन्छ भनेर नडराउनुहोला । त्यस लगतै खड्काले भन्नुभयो गो र दौड्यो र उड्यो प्यारा ग्लाईडर हामि आकाशमा आउने करिब ३/४ सेकेन्ड सम्म केही डर जस्तो कसरि होला भन्ने मनमा उब्जिएका प्रश्नको बिचमा हामी आकाशमा आईपुग्यौ अर्थात प्याराग्लाईडिङ उड्यो र जीवनमै पहिलो पटक आफ्नै ठाँउ गल्कोटको आकाशमा उड्ेर गल्कोटका हरेक दृश्य अबलोकन गरियो ।
जब हाबामा प्यारा ग्लाईडर स्थिर भयो तब फोटो भिडियो खिचियो, गल्कोटमा रहेको घुम्टेको लेक, ऐतिहासिक गल्कोट दरबार, दरम खोला, कोटमैदान दुर्गा भगवती तथा खड्काको मन्दिरहरु गाईघाट, मजुवा, कालिलेख, निलुवा, गौधीखोला, गाजाको दह, गलकोटको हलहले धुरी, बाघढुङ्गा, सेतिघडेरी, सहस्रधारा, निउरेको धुरी, थालेपोखरा हटिया बजार लगायतका सुन्दर ठाँउहरु नजिकबाट निहाल्दै आकाशमा रमायौं । गल्कोटको सुन्दर तस्बीर निहाल्दै करिब साढे चार मिनेटमा गल्कोट नगरपालिका बडा नम्बर ६ को मजुबाफाँटमा ल्याण्ड भयो । तिब्र गतिको साथ उडेका ग्लाईडबाट हेर्दा लाग्यो सुन्दर गल्कोटलाई अबलोकनको लागी प्याराग्लाईड गर्नुपर्छ ।
पाईलट दुर्याेधन खड्कालाई मैले सोधे गल्कोटमा प्याराग्लाईडिङ ब्यबसायिक रुपमा सञ्चालन गर्नको लागी अबको सम्भाबना के छ ? उहाले भन्नुभयो, पुर्बाधार बिकास गरेमा गल्कोटमा निरन्तर रुपमा प्याराग्लाईडिङ सञ्चालन गर्न सकिन्छ तर ल्याण्ड गर्ने ठाउँको निर्माण नै पहिलो चुनौति रहेको बताउनुभयो । गल्कोटको पर्यटन प्रर्बधनको लागी प्याराग्लाईडिङको ब्यबसायिक सञ्चालन पनि एक हो भन्ने पुष्टी भयो ।
आज सम्म छ ओटा उडानले गरेको छ । उडानको शुभारम्भमा लागेको कौतुहलता, केही डर र उत्साहका बिच गलकोटमै प्याराग्लाईडिङ गरि अनुभब लिने अबसरकोलागि आयोजक उद्योग बाणिज्य संघ गल्कोट ईकाई र पाईलट दुर्योधन खड्का प्रति हार्दिक आभारी छु ।
२०७५ कात्तिक १७ ।
गल्कोट
लेखक, गल्कोट एफएमका स्टेशन म्यानेजर हुन् ।