Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिका भित्रका ८५ वर्ष समूहका बृद्धबृद्धालाई जनही रु ३ हजार भत्ता वितरण !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ कात्तिक १९ । गल्कोट नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश भएअनुसार बृद्धहरुलाई भत्ता प्रदान गरेको छ । नगरपालिका भित्र भएका ८५ बर्ष उमेर समुहका बृद्धहरुलाई जनही ३ हजारका दरले भत्ता प्रदान गर्ने कार्यक्रम अनुसार आज एक कार्यक्रमका बिच नगरपालिकाको कार्यालयमा ५ जना बृद्धहरुलाई भत्ता प्रदान गरिएको हो ।

गल्कोट नगरपालिका वाड नम्बर २ निवासी ९८ बर्षिय नैनकली दमाईलाई नगर उपप्रमुख रेनुका काउचा मगरले टीका र नगरप्रमुख भरत शर्मा गैरेले चाडपर्व भत्ता स्वरुप नगद प्रदान गरि कार्यक्रमको शुभारम्म गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख गैरेले नगरपालिकाले उपलब्ध गराएको भत्ताले चाडपर्वको खर्च नटर्ने भएपनि थोरै भएपनि राहत मिल्ने बताए । गैरेले सम्पन्न परिवारका लागी चाडपर्वले खासै असर नगर्ने भएपनि गरिबका लागी समस्याको बिषय बन्ने भन्दै नगरपालिकाले बृद्धहरुका लागी राहत होस भन्ने हेतुले रकम उपलब्ध गराउने कार्यक्रम समावेश गरेको बताए । समाजमा भएका जेष्ठ नागरिकले देश र समाज बिकासका लागी महत्पुर्ण योगदान गरेको बताउदै गैरेले जेष्ठ नागरिक सम्मानका लागी यस कार्यक्रम महत्वपुर्ण भएको उल्लेख गरे ।

कार्यक्रममा गल्कोट नगरपालिका वडा नम्बर ६ का हर्क बहादुर बस्नेत, शेर बहादुर खत्री, वडा नम्बर ५ का मोतिलाल खत्री, वडा नम्बर २ का अम्मर बहादुर श्रीस र पवीकुमारी शर्मालाई समेत भत्ता प्रदान गरिएको थियो ।

भत्ता उपलब्ध गराएको भन्दै ९२ बर्षिय पवी कुमारी शर्माले आफुले पाएको रकमले औषधी उपचार गर्ने बताईन । शर्माले यस्तो खाले कार्यक्रमले आफु जस्ता बृद्धाहरुलाई राहत हुने भन्दै नगरपालिकालाई यस कार्यक्रममा निरन्तरता दिन आग्रह समेत गरिन ।

त्यस्तै वडा नम्बर ६ का ९१ बर्षिय अमर बहादुर श्रीसले जीवनमा आफु पहिलो पटक नगरपालिकामा सम्मान हुन पाएको भन्दै नगरपालिकालाई प्रगतिको शुभकामना दिए । श्रीसले आजसम्म आफुले सम्मानको अनुभुति नगरेको अवस्थामा सम्मान सहित भत्ता पाउदा आफुलाई भाग्यमानी महसुस गरेको बताए । नगरपालिका भित्रका प्रत्येक वडामा भएका ८५ बर्ष उमेर समुहका बृद्धहरुलाई घरघरमा गएर रकम उपलब्ध गराउने नगरउपप्रमुख रेनुका काउचा मगरले बताईन । आज नगरपालिकामा नआएका बृद्धहरुलाई वडा अध्यक्ष मार्फत घर घरमा पुगेर भत्ता बितरणको कार्य गर्छाै उपप्रमुख काउचाले भनिन् यसले बृद्धहरुलाई औषधी उपचार सँगै नगरपालिका हाम्रो साथमा छ भन्ने अनुभुति हुने छ ।

कार्यक्रम नगरप्र गैरेको अध्यक्षता, उपप्रमुख काउचा मगरको स्वागत मन्तब्य र प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । नगरपालिकाले दिएको जानकारी अनुसार गल्कोट नगरपालिका भित्र करिब २ सय बढि ८५ बर्ष उमेर समुहका बृद्धहरु रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply