Sorry, that menu does not exist.
 

सामुदायिक बन ताराखोला गाउँपालिका ३ को आयोजनामा अन्तरक्रिया कार्यक्रम

मन्दिप निउरे ताराखोला २०७५ कात्तिक १९ । सामुदायिक बन ताराखोला गाउँपालिका ३ को आयोजनामा अन्तरक्रिया कार्यक्रम तथा सामुदायिक बन उपभोक्ता समिति वडा नम्बर ३ को नयाँ कार्यसमिति गठन गरिएको छ । पुर्र्ण बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय समिति नंया कार्यसमिति गठन गरिएको हो । समितिको सचिवमा दुर्र्गा बहादुर बगाले, सहसचिबमा फुलमाया पुन, उपाध्यक्ष सुनिता थापा, कोषाध्यक्ष कोबिता चालिसे र समितिको सदस्यहरुमा कृष्ण चुदारा , चन्द बहादुर खत्री , मित्रलाल गौतम , अमरर्सिह , भिम बहादुर बिक लगायत रहेका छन् ।

कायक्रमको प्रमुख अथितिको रूपमा ताराखोला गाउँपालिका वडा नम्बर घ का अध्यक्ष दिल बहादुर बस्नेतले कायक्रमलाई सम्बोधन गर्दै सामुदायिक बनको सरक्षण र सम्वद्र्धनन गर्नुपर्ने कुरामा जोड दिएका थिए । अहिले सिँह दरबारको अधिकार गाउँ घरमा आएको हुनाले वडा नम्बर ३ को बिकासको लागि आफु हरेक समयमा हालेमालो गर्दै यस ठाँउको बिकासको लागी सहकार्य गरि अगाडि बढने बताए ।
ताराखोला गाउँपालिकालाई हरियाली गाउँपालिका बनाउने कुरामा जोड दिँदै उनले सामुदायिक बनको नियम अनुसार काम गर्न उपभोक्ता समितिलाई आग्रह गरेका थिए । सामुदायिक बनको नामना शिकार खेलने उपभोक्ता समिति बाहेक बाहिर ठाँउको व्यापारीहरुलाई बनमा रहेको काठहरु बेच्न अबबाट गाउँपालिकाले रोकने कुरा समेत बताए ।

मन्तव्य दिनेहरुमा सामुदायिक बन उपभोक्ता महासंघ ताराखोला गाउँपालिकाका अध्यक्ष दिप बहादुर रोका , सामुदायिक बन उपभोता महासंघ ताराखोला गाउँपालिकाका सचिब दिल कुमारी घर्ती, सामुदायिक बन उपभोता महासंघ ताराखोला गाउँपालिका सामुदायिक बनका सल्लाहकार धन प्रसाद बुढा, ताराखोला गाउँपालिका का कायपालिका सदस्य तेजुमाया भण्डारी परिवार , नबज्योति सामुदायिक बनका अध्यक्ष पुण बहादुर थापा , गुफा सामुदायिक बनका अध्यक्ष मन बहादुर अठारे लगायत रहेका थिए ।

कायक्रम सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला समन्वय समितिका सदस्य पुर्ना माया रोकाको अध्यक्षता कुथुके सामुदायिक बनका सचिब खडक बहादुर कार्कीको सोबागत मन्तव्य सामुदायिक बन उपभोक्ता महासंघ ताराखोला गाउँपालिकाका सहसचिब मन बहादुर लामीछानेको संचालकमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply