Sorry, that menu does not exist.
 

धुर्कोटमा कृत्रिम माला निषेध : तिहार फुलको मालामय बनाउँदै

प्रेम सुनार, गुल्मी २०७५ कात्तिक २१ । प्रदेश ५ अन्तरगत एक मात्र स्थानिय तहले यस बर्षको तिहारमा बजारबाट कृत्रिम फुलको माला खरिद गर्न निषेध गरेको छ । गुल्मीको धुर्कोट गाउँपालिकाले तिहारमा कृतिम फुलको माला लगाउन निषेध गरेको हो । उसले यस आर्थिक बर्षको गाउँ परिषदबाटै यस्तो निर्णय गरेको थियो । सोही निर्णयलाई कायन्वयन गर्दै धुर्कोट भित्र कृतिम फुलको माला बजारबाट छिर्न नदिईएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए ।

उनले भने–‘यसै बर्षको तिहार देखि हामी सोही निर्णयको कार्यन्वयनको चरणमा छौं । हामीले बनाएको नीति अनुरुप सम्पुर्ण धुर्कोटवासीले आ–आफ्नो घरमा ढकमक फुल फुल फुलाउनु भएको छ । जसको कारण धुर्कोटको शौन्दर्यमा पनि निखार आएको छ । आर्थिक बर्षको सुरु देखि नै हामीले परम्परागत र प्राकृतिक फुल बारे जनचेतना मुलक सन्देशहरु प्रवाह गर्दै आयौं । हँजेरी फुल , गुराधौली , मखमली र अन्य स्थानिय प्रजाती फुलका विउहरु एक देखि अर्को घरमा सार्न लगाउने ग¥यौं । फलस्वरुपम यसपालीको तिहारमा प्रत्येक घरधुरी फुलमालामा आत्मानिर्भर बनेकेका छन र गाउँपालिकाको अभियानलाई साथ दिएका छन ।

उनले यस बर्ष देखि धुर्कोटमा ब्यवसायीक पुष्प खेती सुरु गरिने समेत बताए । ‘पहिलो बर्ष फुलमा धुर्कोट आत्मा निर्भर बनाउने अभियान थियो जसमा सफल पनि भएका छौ’– उनले थपे–‘ पुष्प खेतीलाई ब्यबसायीक बनाउन यस बर्ष तालिम दियौं । अब पुष्प खेतीको पकेट क्षेत्र छनौट गरी ब्यवसायीक पुष्पा खेती सुरु गरी आम्दानीको श्रोत जुटाउने छौं । ’ उनले कृतिम मालाले रकम बाहिरिने मात्र नभई बातवरणमा समेत असर पर्ने भएकोले देशैभर कृत्रिम माला नभित्राउने अभियान छेड्नु पर्नेमामा जोड दिए ।

उपप्रमुख शिबबहादुर खत्रीका अनुसार धुर्कोटको माटो र हावा पानी पुष्प खेतीका लागि उपयुक्त छ । ब्यबसायीक पुष्प खेती गरेर सदरमुकाम तम्घस देखि अर्घाखाँची सम्म बजार बनाईने छ । प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले पुष्प खेतीका लागि ईच्छुक कृषकलाई अनुदानको ब्यबस्था समेत गरेर आगमी दिनमा धुर्कोटकै पहिचान दिने गरी पुष्प खेतीलाई प्रोत्साहित गरने बताए । केहि दिन अघि गृह जिल्ला आएका त्यस क्षेत्र क्षेत्रका प्रतिनिधी सभा सदस्य तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले पनि पुष्प खेती सहित स्थानिय उत्पादनमा जनतालाई साथ दिन स्थानिय जनप्रतिनिधी कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

गाउँपालिका प्रमुख पोखरेलले कृतिम फुलमा लाखौ रकम बाहिरिने धुर्कोटमा यस बर्षको तिहारमा त्यो रकम बचेको बताए । निश्चित समय र अनुमतिमा मात्र मदिरा विक्रि वितरण गर्ने नीति बनाएको धुर्कोटमा दशैं र तिहार ताका स्थानिय तहको निर्वाचन अघि दर्जनौं कुटपिट र हत्याका घटना समेत हुने गरेका थिए । तर यस पालीको दशैंमा एउटा पनि त्यस्ता घटनाको उजुरी नआएको धुर्कोट वस्तु प्रहरी चौकीले जनाएको छ । यो तिहारमा पनि कुटपिट झै झगडाका उजुरी नपर्ने अपेक्षा त्यस गाउँ पालिकाले गरेको छ ।

द्ध ब्ततबअजmभलतक

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply