कौरव खत्री, गुल्मी २०७५ कात्तिक २२ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिका पुर्वाधार विकासमा अघि बढेको बताएका छन् ।
निस्ती बडिगाड सामुदायिक विकास केन्द्र गुल्मीले आयोजना गरेको प्रथम बार्षिकोत्सव तथा सम्मान कार्यक्रममा बोल्दै उनले नगरपालिकाले विकासका पुर्वाधार खडा गर्ने काममा बिशेष ध्यान दिएको बताए ।
साथै नगरप्रमुख सापकोटाले आफुहरु निर्वाचत भएपछि प्रत्येक वडाहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याएको भन्दै ती स्वास्थ्य संस्थाहरु क्रमश ब्यबस्थापन हुँदै गइरहेको बताए ।
संस्थाले सञ्चालन गरेको एम्बुलेन्स अभियानले धेरै जनताहरुलाइ राहात मिलेको भन्दै उनले नगरपालिका भित्र भएका सञ्चालनमा नरहेका एम्बुलेन्सहरु समेत सञ्चालन हुने बाताबरण बनाउन नगरपालिका लागि पर्ने र त्यसको लागि निश्चित अनुदानको ब्यबस्था समेत गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
अब आउने कार्यपालिका बैठकमा एम्बुलेन्स सञ्चालनको लागि चालकलाइ तलव खुवाउने ब्यबस्था मात्रै भएपनि नगरपालिकाले गर्ने बिषयमा छलफल चलाउने र जनताको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्ने बताए ।
उनले मुसिकोट नगरपालिकाको समृद्धिको यात्रामा सबैलाइ सहभागी हुन आग्रह गर्दै कृषिमा आधुनिकिकरण गर्ने, कृषकहरुलाइ सीप, प्रबृद्धि,अनुदानको ब्यबस्था गर्नै लगायतका कामहरु गरी बिदेशीने युवाको संख्यामा कमी गराउने बताए ।
कार्यक्रममा संस्थाले गत बर्ष कार्तिक २५ गतेबाट सुरु गरेको एम्बुलेन्सको एक बर्षको हिसाबकिताब तथा संस्थाले सञ्चालन गरेको एम्बुलेन्स अभियानको क्रममा हालसम्म भएको आर्थिक आयब्याय बिबरण संस्थाका अध्यक्ष मोहन घिमिरले प्रस्तुत गरेका थिए । एक बर्षको समयमा ८५ जना बिरामीलाइ एम्बुलेन्स मार्फत स्वास्थ्यसेवा प्रदान गरीएको र जसबाट ४ लाख ९० हजार ५ सय रुपैया आम्दानी तथा सोही बराबरको खर्च भइ संस्था १०हजार १ सय रुपैया ऋणमा रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
त्यसैगरी एम्बुलेन्स अभियानको लागि २३ लाख ८४ हजार ३ सय ९८ रुपैयाको रकम बोल भएको जसमध्ये १५ लाख ७९ हजार ८ सय ५ रुपैया उठेको र ६ लाख २२ हजार ३ सय ४३ रुपैया रकम उठ्न बाँकी रहेको उनले बताए । उठ्न बाँकी रकममध्ये १ लाख ४३ हजार ५ सय रुपैया नउठ्ने भनी संस्थाले निश्चय गरेको समेत उनले जानकारी दिए ।
कार्यक्रमको अवसरमा गुल्मी सेवा समाज कतारको तर्फबाट संस्थाका कार्यावाहक अध्यक्ष बुद्ध पाण्डेयले संस्थाको अभियानका लागि संकलन गरेको ३ लाख ३३ हजार ३ सय ३३ रुपैया तथा रेडक्रस उपशाखा थामडाडाले ५० हजार रुपैया संस्थालाइ हस्तान्तरण गरेका थिए ।
संस्थाका अध्यक्ष मोहन घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, वडानम्बर १ का अध्यक्ष पुर्ण बहादुर हितान मगर, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्लाध्यक्ष ज्ञानहरी सापकोटा, भानु माध्यमिक विद्यालय ग्वालीचौरका पधानाध्यापक केशव खरेल, जिल्ला अस्पताल गुल्मीका डाक्टर काशिराम बिक लगायत स्थानीय बुद्धिजिवि समाजसेवी, राजनीतिक दल, पत्रकार, सुरक्षाकर्मीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाका सहसचिव हरि केसीको स्वागत तथा सचिब भिम पाण्डेको सञ्चालन रहेको थियो भने स्थानीय तथा राष्ट्रिय कलाकार दिपक परियार लगायतले संस्कृतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे र सो क्षेत्रबाट पहिलो पटक दलित बार्गको डाक्टर बन्ने जिल्ला अस्पताल तम्घासमा कार्यरत डा काशिराम विकलाई सम्मान पनि गरिएको थियो ।
यसैवीच गुल्मीको एक संस्थालाई गुल्मी सेवा समाज कतारद्धारा नगद आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
गुल्मी सेवा समाज कतारद्धारा निस्ति बडिगाड सामुदायिक विकास केन्द्र गुल्ल्मीको प्रथम बार्षिक उत्सव तथा सम्मान कार्यक्रमकका अवसरमा बुधवार मुसिकोट नगरपालिका १ को थामडाँडामा गुल्मी सेवा समाज कतारका निवर्तमान अध्यक्ष बुद्ध पाण्डे लगायतको कतारको टोलीद्धारा हाल विदेशको कतार रहेका नेपालीहरबाट निस्ति बडिगाड सामुदायिक विकास केन्द्र गुल्ल्मीको लागि संकलन गरिएको नगद रु. ३ लाख, ३३ हजार, ३ सय, ३३ रुपैया रकम निस्ति बडिगाड सामुदायिक विकास केन्द्र गुल्ल्मीका अध्यक्ष मोहन घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।