Sorry, that menu does not exist.
 

निलुवालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न गल्कोट नगरपालिकाले साझेदारी गर्ने – गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ कात्तिक २२ । नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकाले निलुवालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागी साझेदारी गर्ने बिचार व्यक्त गरेका छन् । निलुवा पर्यटकीय क्षेत्र प्रबद्र्धन केन्द्रको तेस्रो साधारण सभाको उदघाटन गर्दै गैरेले राज्य एक्लैले कुनै पनि क्षेत्रमा लगानी गरि सफल बन्न नसक्ने भन्दै निलुवाको बिकासका लागी बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

नगरप्रमुख गैरेले निलुवालाई नगरपालिकाले स्वामित्वमा लिएर काम गर्ने बताउदै निलुवा सम्म पुग्ने गरि मोटरबाटो निर्माण गर्ने बताए ।
कार्यक्रममा नगरउपप्रमुख रेनुका काउचा मगरले निलुवाको बिकासका लागी स्थानिय सरकार र स्थानियबासी क्रियाशील बन्नुपर्नेमा जोड दिएकी थिईन् । कार्यक्रममा नेकपाका डिल बहादुर खाती, नेपाली काग्रेसका यज्ञप्रसाद सापकोटा, वडा नम्बर ३ का अध्यक्ष विरजङ भण्डारी, वडा ४ का अध्यक्ष बल बहादुर खत्री, वडा नम्बर ९ का अध्यक्ष तेज बहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष नर बहादुर खत्री, प्रभु क्यापिटल काठमाडौका प्रबन्धक भुपेन्द्र खत्री, निलुवा पर्यटकीय क्षेत्र प्रबद्धन केन्द्रका सल्लाकार घनश्याम शर्मा, गल्कोट बहुमुखी क्यापस प्रध्यापक संघका अध्यक्ष डिलाराम सुवेदी, गोल्डेन फ्युचर बोडिङ स्कुलका प्रिन्सिपल चुडामणि शर्मा, न्यु लाईफ आवासीय माद्यमिक बिद्यालयका साहायक प्रिन्सिपल बीर बहादुर बोहोरा, बिराज सुवेदी, निलुवा समाज जापानका सचिव थम बहादुर क्षेत्री लगायतले श्ुभकामना मन्तब्य राखेका थिए ।

साधारण सभाले संस्थाको रिक्क्त रहेको उपाध्यक्ष पदमा चुडामणि शर्मालाई नियुक्त गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष ओमकार सुवेदीले अवधारण पत्र, कोषाध्यक्ष बिकास सुवेदीले आर्थिक प्रतिबेदन र लेखा संयोजक रुद्रप्रसाद सुवेदीले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम निलुवा पर्यटकीय क्षेत्र प्रबद्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदीको अध्यक्षता, सहसचिव रुद्रलाल सुवेदीको स्वागत मन्तब्य र सचिव हेमराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply