कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ कात्तिक २३ । प्रथम बडीगाड महोत्सव तथा पौंदी न्वागी मेला २०७५ को तयारी तिव्र भएको छ। मंसिर १ गते देखि ९ गते सम्म बडिगाड गाउँपालिका ५ खार वजारमा हुने महोत्सव तथा मेलाको तयारी तिव्र भएको हो। तयारीको लागि वसेको वैठकले मेला भर्न आउने दर्शकलाई मध्यनजर गर्दै पुरुष तथा महिलाको लागी छुट्टा छुट्टै शौचालयको व्यावस्था गर्ने जसको लागि ध्रुव घिमिरेलाई जिम्मा दिने निर्णय गरेको छ।
सचिवालय कटेज निर्माणको लागि पान वहादुर केसि, खानेपानी व्यावस्थापनको लागि ध्रुव घिमिरे, विद्युत सहजताको लागि काजिमान गौचन सहितको उपसमितिलाई जिम्मा दिने निर्णय गरेको छ। महोत्सव आकर्शक वनाउन, भिमगिठे, खाल, खर्वाङ, न्वार, खौलार, खार लगाएतका क्षेत्रमा स्वागत द्धारहरु निर्माण गर्ने, महोत्सवको पूर्व सन्ध्यामा कार्तिक २९ गते मोटरसाइकल र्याली गर्ने निर्णय गरेको छ। मोटरसाइकल र्याली व्यवस्थित गर्न प्रचार संयोजक प्रदिप खरेलको जिम्मा दिने निर्णय गरेको छ। त्यस्तै शान्ति सुरक्षा थप व्यवस्थित गर्न प्रशासन संग सहकार्य गर्ने, त्यसको लागि गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको संयोजकत्वमा ७ सदस्यिय समितिको गठन भएको छ। त्यस्तै मेला भर्न आउने दर्शकहरुको लागि प्रतिव्याक्ति २० रुपैया टिकटको व्यावस्था गर्ने निर्णय गरेको छ। टिकट तथा पासलाई व्यवस्थित गर्न कृष्ण घिमिरेको संयोजकत्वमा ३ सदस्यिय उपसमितिको गठन गरेको छ।
यसै विच महोत्सवकै अवसर पारेर चमेरे (करुणा) गुफा मा अनावरण गरिने मूर्तिहरु ग्वालीचौर आइपुगेका छन्। मूर्तिहरुलाई महोत्सवकै अवसर पारेर अनावरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभएको छ। गुफा व्यवस्थीत गर्न गाउँकार्यपालिकाका सवै सदस्यले एक महिनाको तलव छुट्याएका छन्। महोत्सवको संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
महोत्सवमा बडीगाड खोलाको असला माछा, रणसिंहको भिरमौरी तथा मह, कुमाल जातीको हेम्फै नाच, पौंदिवासीको न्वागी विशेष हुने वताइएको छ। त्यस्तै सिसाखानीको घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाङ, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडीगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडिवुटि, खानीका स्लेट ढुंगा, कृषि प्रदर्शनी लगाएतका आकर्षण रहने भएका छन्। स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडीगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्।
महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन गरिने भएका छन्। बडीगाड गाउँपालिका तथा पौंदी क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो। महोत्सवमा राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुने भएको छ।