Sorry, that menu does not exist.
 

लोपोन्मुख कला संस्कृति संरक्षणको लागि नगर सदैव लागि पर्छ : नगरप्रमुख गैरे

थम्मन थापा, बागलुङ २०७५ कात्तिक २५ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले लोपोन्मुख कला संस्कृति संरक्षणको लागि नगर सदैव लागि पर्ने बताएका छन । धर्मपोखरी युवा समाज गल्कोट नगरपालिका वडा नं ११ रिघाले आयोजना गरेको तिहार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएका हुन । उनले त्यसको लागि स्थानिय क्लब संघ संस्था र नगर बिच सहकार्य आवश्यकता रहेको बताए ।

मगर समुदायमा आधारित सोरठी रिघाको पहिचान भएको भन्दै त्यसको संरक्षणमा युवा पुस्ता सक्रिय हुनु प्रशंसनिय कार्य रहेको गैरेकाे भनाइ छ ।

त्यस्तै नगर उपप्रमुख रेनुका काउचा मगरले संस्कृतिको संरक्षणको लागि गल्कोट नगरपालिकाले आवश्यक बजेट विनियोजन गरिसकेको हुॅदा अब कामलाई अगाडि बढाउने बताइन।

सो अवसरमा स्थानियद्वारा देउसी भैलो सॅगै सोरठी प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, खेलाडी, कलाकार, पत्रकार, समाजसेवी लगायतलाई सम्मान प्रदान गरिएको थियो । समाजले तिहारको अवसरमा सामुहिक देउसी भैली खेली संकलित रकमबाट सामाजिक कृयाकलापहरु गर्दै आईरहेको वडा अध्यक्ष डम्मर श्रीसले बताए । मगर समुदायको बाहुल्यता रहेको रिघामा परमपरा देखि नै तिहारमा सोरठी देउसी भैलो खेल्ने प्रचलन रहेको छ ।

कार्यक्रम धर्मपोखरी युवा समाज गल्कोट नगरपालिका ११ रिघाका संयोजक दिनेश श्रीसको अध्यक्षता र मनोज पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply