Sorry, that menu does not exist.
 

हो कसैसंग मेरो पनि प्यार थियो जमानामा !

हो कसैसंग मेरो पनि प्यार थियो जमानामा !
उन्कै नाम लेखेको थिए मेरो हिर्दय को पानामा !!

न उनको दोष थियो नत मेरो
आख़िर छुट्नु पर्यो एउटै बाहानामा !!

दुख गरि बनाएको पिरतिको घर
कुनै बैरिले आगों लगाई दियों छानामा !!

टुक्रेपछि सजाएका सारा सपना
दीपूको मुटु देखिन्छ चाना चानामा !!

दीपू जङ्ग खत्री खत्रि,
ग,न,पा ६ हाल जापान

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply