कौरव खत्री, बागलुङ निसी २०७५ कात्तिक २७ । बागलुङको निसीखोला गाउपालिका स्थित इन्द्रेणी युवा क्लवले आयोजना गरेको शुभ दिपावलीको अवसरमा आयोजित खेलकुद तथा यू.के.साँस्कृतिक कार्यक्रमको विधिवत रुपमा समापन गरिएको छ ।
हिजो अर्थात सोमवार सम्पन्न भएको कार्यक्रममा खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ हेप्पी योङ्ग हट निसिखोला गाँउपालिका १ हर्पे बाग्लुङ्गले नगद रु. ४० हजार,कप,मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ भने आयोजक इन्द्रेणी युवा क्लव निसिखोला गाँउपालिका ३ ढुँवाखोर बाग्लुङ्गले नगद रु. २६ हजार,कप,मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।
यस्तै उत्कृष्ट खेलाडीमा आयोजक इन्द्रेणी युवा क्लव निसिखोला गाँउपालिका ३ ढुँवाखोर बाग्लुङ्गका तोरण चन्द घोषित भएका छन् । भने उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो ।
यस्तै ठेलो फाल्ने प्रतियोगितामा निसीखोला गाँउपालिका १ हर्पे बाग्लुङ्गका डिल बहादुर सुनार प्रथम भएका छन् विजेता सुनारलाई पुरस्कारले सम्मान गरिएको थियो ।
गत कात्तिक १७ गते देखि शुभारम्भ भएको कायक्रमको उद्घाटन भने २२ गते आई.टि.एफ बागलुङका अध्यक्ष दिपेन्द्र श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार प्रकाश सपूत र लक्ष्मी रानामगर मगर,चर्चित गजलकार तथा मोडल,अञ्चल शाही,चर्चित हाश्य कलाकार,निर आले,सञ्चारकर्मी मिनु विसी,डिपलव खाती लगायत स्थानीय कलाकारहरुको समेत वेजोड साँस्कृतिक प्रस्तुती राखेका थिए ।
कार्यक्रमको अवधिभर गोरु ज्ुाधाइ प्रतियोगिता,खुल्ला पुरुष भलिवल प्रतियोगिता,मायालु भाकाको लोकदोहोरी,इन्द्रणी आइडल,पुरुष ठेलो फाल्ने प्रतियोगिता लगायत कार्यक्रमहरु सञ्चालन भएको गजलकार तथा मोडल अञ्चल शाहीले जानकारी दिए ।
कार्यक्रममा क्लवलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई समेत सम्मान गरिएको थियो ।
उक्क्त समापन समारोहमा निसीखोला गाँउपालिका वडा नं.३ का वडा सदस्य नर बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वरिष्ठ समाजसेवी शेर बहादुर शाही,शिव प्रसाद भूषाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम इन्दे्रणी युवा क्लवका अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षता क्लवका उपाध्यक्ष कृष्ण शाहीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन भने अञ्चल शाहीले गरेका थिए ।