बागलुङ २०७५ कात्तिक २७ । स्वास्थ्य कार्यालय बागलुङले जिल्लास्तरीय बार्षिक समीक्षा कार्यक्रम सुरु गरेको छ । जिल्लाका दशै वटा स्थानिय तहमा गत आवमा भएको प्रगती विवरणको समीक्षा सुरु गरेको हो ।
कार्यक्रमको उदघाट्न गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले स्वास्थ्य क्षेत्रमा जिल्लामा उल्लेखनीय कार्य भएको बताउदै जिल्लाका दूर दराजका जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउन स्वास्थ्यकर्मीहरुले महत्वपुर्ण योगदान गरेको बताए र उनले स्वास्थ्यकर्मीहरुका सेवा निकै प्रशंसा गर्न योग्य रहेको खुलासा गरे । खरेलले बार्षिक समीक्षाले आगामी दिनमा जिल्लाको स्वास्थ्य क्षेत्रमा अझै प्रगती हुँदै जानेमा विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका उपसचिव उमा गौतम कोईराला, जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी नारायण प्रसाद सापकोटा, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर कुँवर, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक केशवराज ढकाल, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखाका जनस्वाथ्य निरिक्षक महोदत्त ढकाल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, भिमापोखरा युवा क्लब बागलुङका कार्यबहाक अध्यक्ष मणिभद्र शर्मा, लगायतले मन्तव्य राखेका थिए ।
दुई दिन सम्म सच्चालन हुने समीक्षा कार्यक्रममा जिल्लाका सवै स्थानिय तहका बार्षिक गतिविधिका बारेमा छलफल गरिने छ । कार्यक्रममा सवै स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य संयोजक र जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैहसरकारी संस्थाहरुको सहभागिता रहेको छ । कार्यक्रम गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको अध्यक्षता पब्लिक हेल्थ नर्स हरिकाशी पालिखेको स्वागत र तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
दूर दराजका जनतालाई स्वास्थ्यको पहुँचमा पु-याउन स्वास्थ्यकर्मीको महत्वपूर्ण योगदान : प्रजिअ खरेल
२०७५ कार्तिक २७, मंगलवार १७:०१
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०