Sorry, that menu does not exist.
 

अतिथीलाई बडीगाडको असला माछा, रणसिँहकिटेनीको भीरमौरीको महले स्वागत !
दुलही झैं सिँगारियो बडीगाड, महोत्सव र मेलाको तयारी पुरा : उद्घाटनका लागी मन्त्री अधिकारी अाउने !

कमल पौडेल, बडीगाड बागलुङ २०७५ कात्तिक ३० । प्रथम बडीगाड महोत्सव तथा पौंदी न्वागी मेला २०७५ को तयारी पुरा भएको छ। बडीगाड गाउँपालिका भित्र पर्ने मध्यपहाडी लोकमार्गका वजारहरु दुलही झैं सिँगारिएको छ । खर्वाङ बजार देखि भिमगिठे सम्म सवै वजारमा ध्वजा, पताका सहित व्यानरहरुले सिँगारीएको हो। प्रत्येक वजारक्षेत्र तथा गाउँगाउँमा सरसफाई गरिएको छ । कार्यक्रम स्थलमा तयारी व्यापक गरिएको छ। स्टल, अलका मेला, मञ्च निर्माण लगाएतका काम अन्तिम चरणमा पुगेका छन्।

कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंँदी न्वागी मेला नमुना बडीगाडको पूर्वाधार भन्ने नारा सहित भोलि मंसिर १ गते देखि ९ गते सम्म महोत्सव सञ्चालन हुनेछ । कार्यक्रममा प्रदर्शन गरिने भीर मौरी र मह, स्लेट ढुंगा, तयारी गरिसकिएको छ, साँस्कृतिक झाँकी तथा अन्य प्रदर्शन गर्ने वस्तु तथा सामाग्रीको तयारी गरिएको छ।

अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीताको लागि ३ विभागिय, ७ प्रदेशको टोली, प्रशिक्षक तथा पर्यवेक्षक सहितको टोली आइसकेको कराँते संयोजक राजन पाइजाले जानकारी दिए । त्यस्तै कलाकारको टोली काठमाडौंवाट हिँडी सकेको, करुणा चमेरे गुफामा अनावरण गरिने मुर्ति तथा शिला लेख सवै तयारी भैसकेको र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले ईबागलुङलाई जानकारी दिए ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, बागलुङ जिल्लाका सांसदहरु, स्थानिय तहका प्रमुखहरु लगाएतको सहभागिता हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु वोम वहादुर कार्की, जीवन शर्मा, खड्ग गर्बुजा, प्रजापति पराजुली, बद्रि पंगेनी, विमलराज क्षेत्री, थानेश्वर गौतम, खुमन अधिकारी, शिवा आले, कालिका रोका, प्रिती आले, दुर्गेश थापा, पूर्णकला विसी, शान्तिश्री परियार, रिता केसी, शिलु भट्टराई, पूर्ण परियार, राजेश वर्देवा, शितल शर्मा, रुपा घर्ती, उज्जवल गिरि, मिना श्रीस, निर्मल क्षेत्री सिर्जना रेश्मी, रविना भण्डारी, पुरुषोत्तम न्यौपाने (पूर्खे बा) लगाएतको सहभागिता रहने भएको छ।

महोत्सवमा बडीगाड खोलाको असला माछा, रणसिंह किटेनीको भिरमौरी तथा मह, कुमाल जातीको हेम्फै नाच, पौंदीवासीको न्वागी विशेष हुने भएको छ। त्यस्तै शिसाखानीको घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडीगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाँच तथा ३० भन्दा वढि प्रजातिका जडिवुटी, खानीका स्लेट ढुंगा, कृषि प्रदर्शनी लगाएतका आकर्षण रहने भएका छन्।

स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडिगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्। महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन गरिने भएका छन्। बडीगाड गाउँपालिका तथा पौंदि क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो। कार्यक्रमको मंसिर ९ गते गण्डकि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समापन गर्ने कार्यक्रम रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply