कुसुम थिङ, खारबजार, (बागलुङ)२०७५ कात्तिक ३० । पौँदेलीहरुको न्वागी खाने शुभ समय मंसिर १ गतेको विहान ५ बजेर २२ मिनेट जाँदा निस्किएको छ ।
पौँदी अमराई स्थित छत्रकोट मन्दिरका पण्डित ज्योतिषहरुको छलफलबाट केहि समय पहिले न्वागी खाने शुभ समय निश्चित गरिएको छत्रकोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए । भोलि विहान ५ बजेर ४२ मिनेटको समयमा दक्षिण पश्चिमवीच दिशातिर फर्किएर न्वागी खाने शुभसमय निस्किएको उनको भनाई थियो ।
न्वागी खाने पौँदेलीहरुको शदियौँ देखी चलिआएको धार्मिक एवं साँस्कृतिक परम्परा हो । पौँदीलेहरुले धानबाली थन्काई सकेको भएपनि त्यस्को प्रयोग बिक्री वितरण नगरी न्वागी खाने दिन र समयको प्रतिक्षामा बसेका छन् । भोलि मंसिर १ गते विहानको शुभ समयमा न्वागी खाएपछी मात्र धानको प्रयोग गर्छन् । न्वागी खाएपछीनै धान चलनमा ल्याईन्छ ।
भोलि मंसिर १ गते पौँदेलीहरुले जडन धानको चामललाई दही, चीनी (मह), तील, केरा आदि मिसाएर तयार पारिएको न्वागी आफ्नो परम्परा अनुसार पूजा गरी तोकिएका समयमा तोकिएको दिशामा फर्किएर न्वागी ग्रहण गर्छन भने ईष्टमित्र, छरछिमेकी, नातापातालाई निम्तागरी सबैलाई खुवाउछन् । पौँदीमा खेत नहुने अर्थात जस्को घर नयाँ धान भित्रन्न उनिहरुलाई पनि न्वागी पर्वमा सरीक गराई न्वागी खुवाउने प्रचलन रहि आएको छ । पौँदेलीहरुको न्वागी पर्व यस क्षेत्रमा मात्र नभएर नेपालकै एक महत्वपूर्ण पर्व मानिन्छ ।
न्वागीका अवसरमा खारबजारमा ३ दिन देखी हप्ता दिन सम्म विविध कार्यक्रमहरुको आयोजना गरिन्छ । यस अवसरमा व्यापारीहरुले अस्थाई पसल थापेर लाखौँको कारोबार गर्दै आएका छन् । न्वागी यस क्षेत्रको व्यापारिक मेला पनि हो ।
महोत्सव उद्घाटनका अवसरमा कार्यक्रम स्थलमा पुग्ने सवैलाई नि:शुल्क न्वागी खुवाउने व्यवस्था
यसैवीच सहकर्मी कमल पौडेलका अनुसार उद्घाटनका अवसरमा कार्यक्रम स्थलमा पुग्ने सवैलाई निशुल्क न्वागी खुवाउने व्यवस्था गरिएको छ । पौंदेलीको विशिष्ट पहिचान बनेको न्वागीको साइत शनिवार विहान ५ वजेर ४२ मिनेट जाँदा रहेको र नैरित्य दिशातर्फ फर्र्किएर भगवान् विष्णुलाई अर्पण गरि खानुपर्ने नैन प्रसाद आचार्यले वताए । महोत्सवको पहिलो दिन न्वागीको साइत परेकोले सो दिन सवै आगन्तुक पाहुना सहित सवै दर्शकलाई तथा अतिथिहरुको लागि मेला अवधिभर न्वागी खुवाउने व्यावस्था मिलाइएको वडा अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिए।
यो लिंक पढौँ
प्रशंगवस : यस्तो छ, पौँदेलीहरुको न्वागी मेला(पर्व)को नालीबेली !