दिनेश शर्मा खारबजार बडीगाड २०७५ मंसिर २ । प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला २०७५ को आज दोश्रो दिन बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु हुने भएका छन् । आज देखी महोत्सव स्थलमा प्रबेश गर्न दर्शकहरुले प्रति व्यक्ति रु २०। शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
महोत्सव आयोजक बडीगाड साँस्कृतिक प्रवर्धन केन्द्रका उपाध्यक्ष कृष्ण भट्टराईले दिएको जानकारी अनुसार अहिले विहान ८ बजे देखी खुल्ला सरायँ नाँच, बडीगाड गाउपालिका वडा स्तरीय सोरठी नाँच तथा महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुने छन् । आजै देखी एकल नृत्य प्रतियोगिता हुने पनि जानकारी प्राप्त भएको छ ।
उपाध्यक्ष भट्टराईले आजको सांगीतिक कार्यक्रममा चर्चित लोक कलाकारहरु दुर्गेश थापा, शिलु भट्टराई, उज्ज्वल गिरी, पुरुषा्त्तम भण्डारी पुर्सेबा लगायतको प्रस्तुती रहने ईबागलुङलाई जानकारी दिए ।
महोत्सवको पहिलो दिन आयोजित खुल्ला नौमती बाजा प्रतियोगिता हिँजो अबेर राति सम्पन्न भएको छ । प्रतियोगितामा गुल्मी मुसिकोट टीम प्रथम, बडीगाड ९ मालारानी टीम व्दितिय, वडीगाड ३ सिसाखानी टीम तृतिय भएका छन् भने बडीगाडकै मगर बाजाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
नौमति बाजा प्रतियोगितामा प्रथम हुनेले रु २५,५५५ । व्दितिय हुने टीमले रु १५,५५५। र तृतिय हुने टीमले रु १०,५५५। रुपयाँ हात पारेका छन् भने सहभागी सबै टीमहरु प्रत्यक टीमलाई रु ५ हजार प्रतियोगितामा ११ टीमले सहभागिता जनाएका थिए । अन्य नौमती बाजा टीमहरु भने सबै बडीगाड गाउपालिकाको विभिन्न वडाहरुबाट सहभागी भएका थिए ।
नौमती बाजा प्रतियोगिताको निर्णायकमा नेत्रप्रसाद गौतमको संयोजकत्वमा नारायण शर्मा र नारायण थापा सदस्य रहेका थिए । बिजेता टीमहरुलाई हिँजै राति गाउपालिका अध्यक्ष मेहरसिँह पाईजाव्दारा पुरस्कार प्रदान गरिएको थियो ।