घनश्याम गाौतम, गल्कोट २०७५ मंसिर २ । गल्कोट नगरपालिकाको सबैभन्दा कम योजना रहेको वडा नं २ नरेठाटीँमा ९० प्रतिशत योजनाको उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष हिमबहादुर भण्डारी हेमन्तले जनाएका छन् ।
यो आर्थिक बर्ष २०७५/०७६मा १ करोड ५२ लाख बराबरको काम सञ्चालन हुने भएको छ । नगरपालिकाले नरेठाँटीको बिकासको लागी १ करोड ५२ लाख बजेट बिनियोजन गरेको करिब ४ महिनामा ९० प्रतिशतका योजनाको उपभोक्ता समिति गठनको काम सम्पन्न भएको अध्यक्ष भण्डारीले बताए ।
भण्डारीका अनुसार योजनाको डिटेल सर्बे तथा स्टिमेट गरि काम सञ्चालन गर्ने तयारी भैरहेको छ । यो आर्थिक बर्षमा बिनियोजित बजेट अनुसार २९ ओटा योजनाहरु रहेको बताउदै अध्यक्ष भण्डारीले नगरपालिकामा सबैभन्दा थोरै योजना रहेको जानकारी गराए । गलकोट एफएमसंग कुराकानी गर्दै भण्डारीले सो जानकारी दिएका हुन् ।
नगरपालिकाका प्रवक्ता समेत रहेका भण्डारीले योजनाको काम गत आर्थिक बर्षको भन्दा प्रभाबकारी रुपमा सञ्चालन गर्न अनुगमनलाई तिब्रता दिर्ने र उपभोक्ता समितिलाई योजना सञ्चालनकै क्रममा सुझाब दिने बताए । नरेठाँटीको बिकासको लागीे चुक्दी खोलाको मोटरेबल पुल अति आबश्यक रहेको बताउदैं उक्त पुल निर्माणको लगाी प्रदेश सरकार संग माग गरेको अध्यक्ष भण्डारीको भनाई छ ।
तोरीखोला नमुना गाँउ निर्माण स्बास्थ्य चौकीको भबन निर्माण सडक निमार्ण तथा गोरेटो बाटो निर्माण अहिलेको प्रमुख पुर्बाधार बिकास गर्नुपर्ने क्षेत्र रहेको उनको भनााई छ ।