Sorry, that menu does not exist.
 

पहिलो चरणमा संकलित रु ३ लाख ९० हजार रकम नरेन्द्र घर्तीलाई हस्तान्तरण !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ मंसिर ३ । असारे युवा क्लव ताराखोलाले नरेन्द्र घर्ती बचाउन संचालन गरेको अभियानमा संकलन भए रु ३ लाख ९० हजार ५ सय रकम हस्तान्तरण गरेको क्लबका अध्यक्ष प्रकाश रोकाले बताए । ताराखोला ५ का नरेन्द्र घर्ती ए प्लास्टिक एनिमियाको उपचाररत छन् । उनको उपचारमा राम्रो सुधार भएको नरेन्द्र घर्तीले बताए ।

असारे युवा क्लब ताराखोला ५ ले ताराखोलामा घरदैलो अभियान र विदेशमा फेसबुकमार्फत गरि रकम संकलन गरेको सचिव कमल घर्तीले बताए । यो रकम संकलन अभियान पहिलो चरणको र दोस्रो चरण पनि संचालन गर्ने घर्तीले बताए ।

ताराखोला वडा न ५ का सामाजिक संस्थाले अभियानमा रकम दिएको थिए । जुल्फे महिला बिकास समूह नाङ्गी, एकता महिला समूह लावाङ, मिलिजुली महिला समूह रानिबास, हिमचुली महिला समूह धस्मर, सुरक्षित मातृत्व महिला समूह करिमेला, मालारानी महिला समूह मच्छर, ठुलोहिले महिला समूह ठूलो हिले, औलादी महिला समूह औलाडी, जुल्फे सामुदायिक वन ताराखोला, तिनचुले सामुदायिक वन ताराखोला, नेपाल क्रीस्चियन चर्च ताराखोला, मिरमिरे पञ्चेबाजा समूह ठुलोहिले, दुर्गा भवानी माबि, मालारानी आधारभुत बिद्यालय, जुल्फे प्राबि लगायत समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक वर्ग र सम्पूर्ण व्यवसायी स्थानीय व्यक्तित्वहरुले गरि जम्मा रकम ३ लाख ९० हजार ५ सय रकम नरेन्द्र घर्तीको बैक खातामा राखिएको र आफुले रकम प्राप्त गरेका घर्तीले जानकारि दिए । नरेन्द्र घर्तीका दाजुभाइ काला घर्तीले रकम संकलनमा सहयोग गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply