Sorry, that menu does not exist.
 

ईन्सेक : बागलुङमा बलात्कार र बलात्कार प्रयासबाट पीडित १५ जना मध्ये ९ जना बालिका !

सिर्जना पन्त, बागलुङ .२०७५ मंसिर ३ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङले मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

समीक्षा कार्यक्रममा बोल्दैं प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले भुगोल क्षेत्र अनुसार मानवअधिकारको आवश्यकता र परिभाषा फरक हुने भन्दैं इन्सेकले देशव्यापी रुपमा गरिरहेको मावअधिकारको अनुगमन र प्रलेखन उदाहारणीय भएको बताए ।

प्रमुख जिल्ला अधिकारी खरेलले पछिल्लो समय मानव अधिकारको नारा गास बास र कपास बाट माथि उठेर आफ्नो शरीर आफ्नो अधिकार सम्म पुगेको भन्दैं इन्सेकले आफ्ना कार्यक्रम र गतिविधीहरुमा पनि परिर्वतन गर्नुपर्ने बताए । पछिल्लो समय मेला महोत्सव र चाडपर्वको समयमा अपराधिक गतिविधीहरु बढ्न थालेको भन्दैं प्रहरी र सरोकारवालाहरुले यस्तो समया प्रथि विषेश ध्यान दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दैं पुनारावेदन बार एकाई बागलुङका अध्यक्ष केशवराज पराजुलीले पछिल्लो समयमा बलात्कार जन्य घटनाहरु वढी देखिन थालेको प्रति चिन्ता व्यक्त गर्दै अपराधिक गतिविधीको गाम्भिर्यतालाई मध्यनजर गरेर बाहिर ल्याउनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मी, एडभोकेसी फोरमका धौलागिरी संयोजक राम शर्मा, संकल्प गण्डकी प्रदेशका अध्यक्ष सावित्री खड्का, आदिवासी जनजाती महासंघ बागलुङका पूर्व अध्यक्ष महेशचन्द्र प्रधान, नागरिक समाजका देव बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय राना, पत्रकार सुवास गौतम लगाएतले अनुगमन नहुँदा अधिकार प्राप्त व्यक्तिहरु स्वईच्छाचारी हुने भन्दैं जिल्लाको खाद्यसुरक्षा, शिक्षा, स्वास्थ्य, बालधिकार र मानवअधिकार जस्ता संम्वेदनशील विषयहरुमा निरन्तर अनुगमन हुनुपर्ने बताएका थिए ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्तले गत पुष महिनाको १७ गतेदेखि यहि मंसिर १ गते सम्म संकलन गरेका ५७ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु प्रस्तुत गरेकी थिईन् ।

बागलुङ जिल्लामा एक वर्षको अवधिमा घरेलु हिंसाका ३९, जबरजस्ती करणीका ६, करणी उद्योगका ९ र बहुविवाहका ३ वटा घटना इन्सेकले प्रलेख गरेको छ । एक वर्षको अवधिमा गम्भिर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनाहरु नघटेको भएपनि जिल्लामा घटेका बलात्कार र बलात्कार प्रयासबाट पीडित बनेका १५ जना मध्ये ९ जना बालिका रहेको बताईएको छ ।

यो वर्ष इन्सेकले बलात्कारमा परेर गर्भवती भएकी १५ वर्षीया एक बालिकालाई नगद २ हजार र अर्की बलात्कारमा परेर गर्भवती भएकी सुस्त मनस्थितीकी १४ वर्षीया बालिकालाई १० हजार रुपैया आर्थिक सहयोग समेत गरेको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता र पत्रकार कोपिला कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply