Sorry, that menu does not exist.
 

गाउँपालिका अध्यक्ष कप कराँते प्रतियोगितामा प्रहरीको बर्चस्व, आयोजक बडीगाड डोजोले तेश्रोमा चित्त बुझायो !

दिनेश शर्मा, बडीगाड २०७५ मंसिर ३ । प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलामा सन्चालित प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतयोगिता आज सम्पन्न भएको छ । मंसिर १ देखि ३ सम्म भएको सो प्रतियोगीतामा नेपाल पुलिस क्लवले १० स्वर्ण, ३ रजत तथा १ काश्य पदक सहित प्रथम स्थान हासिल गरी रु ७५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितमा विभागीय टिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा ७ वटै प्रदेशको टिम र आयोजक गरि जम्मा १० टिमको सहभागिता रहेकोे थियो ।

सम्पन्न प्रतियोगितामा सशस्त्र प्रहरी बलले ५ स्वर्ण, ५ रजत तथा ४ काश्य पदक सहित दोश्रो स्थान हासिल गरि ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ भने आयोजक बडीगाड डोजोले २ स्वर्ण, १ रजत र ३ काश्य पदक सहित तृतिय स्थान हासिल गरी रु २५ हजारको पुरस्कार प्राप्त गरेको छ ।

कराँते प्रतियोगीतामा पुरुष तर्फ बडीगाड डोजोका ६७ केजीमा नविन रसायली, महिला तर्फ सशस्त्र प्रहरी वलका ५० केजीमा नविना श्रेष्ठ उत्कृष्ट खेलाडी भएका छन् ।
प्रतियोगितामा देश भरवाट ३ सय वढी खेलाडी, २२ जना प्रशिक्षक, अन्तराष्टिय« १२ र राष्ट्रिय ३८ गरि जम्मा ५० जना रेफ्री (एम्पाएर) को सहभागिता रहेको थियो।

कार्यक्रममा प्रतियोगीतामन सहयोगीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको कराँते कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply