खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ मंसिर ४ । नेपाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सव फागुन ७ देखी १५ गते सम्म विभिन्न कार्यक्रमका भव्यताको साथ मनाईने भएको छ । मंसीर ४ गते विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ र स्वर्ण महोत्सव मुल समारोह समितिको संयुक्त बैठकले मिति तथा कार्यक्रमहरु निर्धारण गरेको हो ।
स्वर्ण महोत्सवको अवसरमा रकम संकलन गरी प्राविधिक शिक्षा,कक्षा १२ सम्म निशुल्क शिक्षाका लागी पहल र क्याम्पस संचालनको लागी रकम संकलन अभियान संचालन गर्ने निर्णय गरेका छ । रकम संकलन अभियानको सुरुवातीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदमले १लाख ५१ हजार , शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्री राजनले ६५ हजार १ सय ११ रुपैया र प्रध्यानाध्यापक थम प्रसाद रोकाले ८१ ह्जार रुपयाँ,स्वर्ण महोत्सव मुल समारोह समिति सदस्य नरेश के.सीले १ लाख भन्दा बढी रकम दिने प्रअ थमप्रसाद रोकाले ईबागलुङलाई जानकार दिए । आज रकम बाले कबोल गर्नेहरु पछी पनि रकम थप गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन ।
स्वर्ण महोत्सवको अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता जसको प्रथम पुरस्कार ६० हजार व्दितिय, ४० हजार , खुल्ला वडा स्तरिय महिला भलिवल प्रथम २० हजार व्दितिय १२ हजार , ताराखोला गाउपालिका भित्रको आधारभूत अन्तर स्तरीय भलिवल प्रथम पुरस्कार १५ हजार व्दितिय १० हजार , माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता प्रथम पुरस्कार ५ हजार व्दितिय पुरस्कार ३ हजार तथा सहभागी पुरस्कार, प्रावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता ,आधारभूत तहको चित्रकला प्रतियोगिता प्रथम पुरस्कार २ हजार व्दितिय १ हजार , अभिभावक पुरुष महिला रस्साकसी, शिक्षक अभिभावक भलिवल प्रतियोगीताको साथमा नेपाल माध्यमिक विद्यालयको आन्तरीक कार्यक्रमहरु रहेको छन् ।
विद्यालयको आन्तरिक कार्यक्रमहरु भने फागुन ५ र ६ गते संचालन हुनेछन् । विद्यालयको अल्पकालीन र दीर्घकालीन योजनाहरु मध्यका प्राविधिक शिक्षा, क्याम्पस संचालन र कक्षा १२ सम्म निशुल्क शिक्षा संचालनको लागी आर्थिक अभियान संचालन गर्ने र आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नेदाताहरुलाई निम्न अनुसारको सम्मान गर्ने निर्णय गरेको छ । रु ९ सय ९९ सम्म सहयोग गर्ने दातालाई विद्यालयको रसिद प्रदान गर्ने, १ हजार देखी ५ हजार सम्मलाई रसिद तथा स्वर्ण स्मारिकामा नाम प्रकाशन गर्ने, २१ सय देखी ५ हजार सम्म सहयोग गर्नेलाई सम्मान पत्र र दोसल्ला, ५१ सय देखी १० हजार सम्म सहयोग गर्नेलाई माथीका सम्प’र्णसंगै साडा फ्रेममा सम्मान पत्र दोसल्ला , ११ हजार देखी १५ हजार सम्म बुट्टे फ्रेममा सम्मानपत्र दोसल्ला, १६ हजार देखी २० हजार सम्म सहयोग गर्नेलाई गोल्डेन माउण्ट फ्रेममा सम्मान पत्र दोसल्ला साथै शिला लेख र तथा स्मारिकामा नाम प्रकाशन, २१ हजार देखी ५० हजार सम्म सहयोग गर्नेलाई गोल्डेन बुट्टे माउण्ड फ्रेममा सम्मानपत्र दम्पत्तिको नाम शिलालेख र स्मारीकामा नाम राखिने, १ लाख भन्दा माथी १ लाख ५० हजार सम्म सहयोगी दाताहरुलाई बाजागाजा सहित शोभायात्राका साथै माथिका सबै सम्मान र कृति स्तम्भमा २ पुस्ते नामावली राखिने छ । १ लाख ५० हजार देखी २ लाख सम्म सहयोग गर्नेलाई माथीका सबै सम्मानहरु ग्रिने छ । ५ लाख भन्दामाथी सहयोग गर्नेलाई माथीका सम्मान सहित ३ पुस्ते नाम शिलालेखमा अंकित गरिने छ ।
१० लाख भन्दा माथी सहयोग गर्नेलाई माथीका सम्मान सहित भगवान स्वर्णप्रतिमा भएको एक तोला लकेटले साम्मान गरिनुका साथै दाताले तोकेको व्यक्तिको नामबाट सम्बन्धित कोठाको नामाकरण गरिने, २० लाख भन्दामाथी सहयोग गर्नेलाई माथिका सम्मान सहित भगवानको स्वर्णप्रतिमा भएको १.५ तोलाको लकेटले सम्मान गरिनुका साथै दाताले तोकेको व्यक्तिको नामबाट २ कोठे भवनको नामाकरण गरिने छ । ३० लाख भन्दा माथी सहयोग गर्ने दातालाई माथीका सम्मान सहित निजले तोकेको व्यक्तिको नामबाट पुस्तकालयको नामाकरण गरिने छ । साथै दातालाई भगवानको स्वर्णप्रतिमा भएको २ तोलाको लकेटले सम्मान गरिने छ । क’नै जग्गा दाताले जग्गा दान गर्न चाहेमा जग्गाको म’ल्यांकन गरी स्वही अनुसारको सम्मान प्रदान गरिने बैठकले निर्णय गरेको छ । आर्थीक रकम देशविदेशमा तथा पूर्व विद्यार्थीहरुमा विशेष अभियान संचाल गरिने छ । कार्यक्रम अवधी भरमा विभिन्न कलारहरुको प्रस्तुती रहने छ। बैठक स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष दिवश खत्रीको अध्यक्षता र प्रअ थपप्रसाद रोकाको संचालनमा सम्पन्न भएको थियो ।