Sorry, that menu does not exist.
 

आज बैकुण्ठ पूर्णिमा देखी भकुण्डेको बराह तालमा तीन दिने धार्मिक पूजा तथा पर्यटकीय मेला !

कोपिला कंडेल, बागलुङ २०७५ मंसिर ५ । बैकुण्ठ पुर्णिमाको अवसर पारेर बा.न.पा १० भकुण्डे स्थित बराह तालमा बराह पुजा तथा पर्यटकीय मेलाको आयोजना गरिएको छ । यहि मंसिर ५ गते देखी ७ गते सम्म मेलाको आयोजना गरिएको बराह मन्दिर तथा ताल ब्यवस्थापन संरक्षण समितिले जनाएको छ ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको भकुण्डे बराहतालको संरक्षण एबं प्रचारप्रसार गरी जिल्लालाई पर्यटकीय गन्तब्यको रुपमा पहिचान गराउनका लागि मेलाको आयोजना गरिएको बराह मन्दिर तथा ताल संरक्षण समितिका सल्लाहकार एबं पूर्व सांसद नर बहादुर थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

भकुण्डे बराहा तालबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य ।
मेलाको प्रमुख आर्कर्षको रुपमा पर्यटकीय काब्य गोष्टी, नौमती पञ्चेबाजा तथा भजन कृतन कलश यात्रा बराह भगवानको पुजा आराधना कालिका मन्दिर गेट देखी बराह तालसम्म म्याराथुन दौड, नगर स्तरीय अन्तर मा.बि हाजिरी जवाफ प्रतियोगिता छेलो हान्ने प्रतियोगिता लगायत राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति लगायतका कार्यक्रम रहेको थापाले बताए । राणा साशनकाल देखीनै संचालन हुदै आएको मेलालाई ब्यवस्थित गर्नका लागि २०६२ सालमा बराह मन्दिर तथा ताल संरक्षण समिति गठन गरी मेलाको आयोजना तथा मन्दिर र तालको ब्यवस्थापन गर्दै आएको समितिका सल्लाहकार थापाले बताए ।

रु ५ लाखको लागतमा मेला संचालन गर्न लागिएको जानकारी समेत सल्लाहाकार थापाले दिए । मेलामा उत्कृष्ट हुने प्रतियोगीलाई बिभिन्न पुरस्कारको ब्यवस्था गरिएको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply