Sorry, that menu does not exist.
 

प्रवास : कतार महिला समाजले दोहामा मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस !

उद्धव मगर, दोहा कतार २०७३ फागुन २९ । कतारमा बसोवास गर्ने नेपाली महिलाहरु आवद्ध कतार महिला समाजले मार्च १० तारीखका दिन १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाएको छ । महिला समाजव्दारा आयोजित वृहत श्रमिक दिवस कतारको (मनसुरा) ढाका रेष्टुरेण्टमा सम्पन्न गरेको थियो ।

संस्थाकी नव निर्वाचित अध्यक्ष सुष्मिता भेषालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महिला विभागकी सचिव अम्बिका खत्रीले गरेकी थिईन् ।

कार्यक्रमको प्रमुख अतिथीमा मायाँ के.सी र अतिथीहरुमा प्रवासी मन्चका अध्यक्ष रामहरि गैरे, जनप्रगतिशील कतारका रकम ध्वज राई, जनसम्पर्क समिति सह–कोषाध्यक्ष सुरज अधिकारी, NRNA NCC का सदस्य सम्झना पुडासैनी, मानार्थ सदस्य तिलविक्रम थेवे, कतार नेपाली एकता समाजका सदस्य सन्जु सुनदास, पत्रकार महासंघका सचिव नवराज वि.क, अलखोर सन्ध्याग्रुपका वीरेन्द्र याकथुम्बा, निवर्तमान अध्यक्ष रेखा राई, रामेछाप दोहा सम्पर्क समाजका सचिव ललित कुमार तामाङ्ग, चर्चित लोक गायिका देवीका के.सी रहेका थिए ।

कार्यक्रममा देशका लागि केहि गर्नुपर्छ भन्ने सोच लिएर आगाडी बढेका ज्ञात अज्ञात शदीहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात कार्यक्रम विधिवत रुपमा अगाडी बढेका थियो ।

कार्यक्रमलाई महिला विभागकी प्रथम उपाध्यक्ष अमिना खानले यस १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सफल पार्न आएका उपस्थित सम्पूर्ण महानुभावलाई शब्दले स्वागत गरेकी थिईन् ।

त्यस्तै गरी अन्तर्राष्ट्रिय महिला दिवस किन उपाध्यक्ष जानुका बस्नेत (खड्का) ले प्रकाश पार्दै नेपाली महिलाले दशकौंदेखि आफ्नो स्वतन्त्रता समानता र मुक्तिको लागि संगठितरुपमा संघर्ष गर्दै आईरहेका छन् तर प्रतिकृयावादी राज्य व्यवस्थाले उनीहरुप्रति सधै उपेक्षाको निती अपनाउदै आईरहेको बताईन् ।

उनले अगाडी भनिन् महिलामाथि भईरहेको भेदभाव अन्याय अत्याचार शोषण दमन अहिले पनि विद्यमान रहेको छ । समाजमा महिलामाथिको हिंसा दिनानुदिन बढिरहेको छ यसका लागि हामी महिलाहरु एकजुट हुन अति जरुरी भएको उनले बताईन् ।

अन्तमा कार्यलन सौहाद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको अध्यक्ष सुष्मिता भुषालले कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा समापन भएको घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply