Sorry, that menu does not exist.
 

सत्ता सुख नभै मुलुकमा बिद्यमान संकटको निकासका लागि सरकारमा सहभागी -अध्यक्ष थापा

काठमाडौं, २०७३ फागुन २९ । । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापाले सत्ताको सुख सुबिधाको निमित्त नभई मुलुकमा बिद्यमान संकटको निकासमा सकारात्मक भुमिका निर्बाह गर्न सरकारमा सहभागी भएको बताएका छन् ।

राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले राष्ट्रिय जिम्मेवारीलाई बोध गर्दै चुनावलाई सुनिश्चित गर्न आफुहरुको सरकारमा सहभागिता रहेको प्रष्ट पारे । स्थिरता, चुनाव र मुलुकको बृहत्तर हितलाई केन्द्रमा राख्दै सरकार परिबर्तन गरि मुलुकलाई अस्थिरतामा धकेल्न होर्इन, निर्वाचनलाई सुनिश्चित गर्नु आजको आबश्यकता भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड र नेपाली काङ्ग्रेसका सभापति देउवाको आग्रहलाई स्विकार गर्दै निर्बाचनको सुनिश्चितताको निमित्त आफू सरकारमा सहभागी भएको स्पष्ट पार्दै अध्यक्ष थापाले अब कुनै आशंका र व्दिविधा नलिई चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । उपप्रधानमन्त्री थापाले राप्रपाको सहभागिताले चुनाव पक्का हुने संदेश दिएको भन्दै निर्बाचन आफ्नो पार्टीको घोषित नीति भएको पनि उल्लेख गरे।

कार्यक्रममा राप्रपा महामन्त्री जयन्त चन्द, प्रबक्ता भुवन पाठक, राजाराम श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply