शव्द/चित्र : कौरव खत्री
बागलुङ २०७५ मंसिर ६ । बागलुङ जिल्लाको बडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतरे तालमा नौका बिहार (¥याफटिङ) गर्न आन्तरिक पर्यटकहरुरुको संख्या वृद्धि हुदै गएको छ ।
गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट १ सय देखि २ सय जनासम्मले नौका बिहार गरी तालको दृश्यावलोक गरी आनन्दाभूति गरिरहेकाक ककककककछन् । नौका विहार गर्नेहरुको संख्या क्रमश बढ्दै गएकोले तुरतुरे तालमा स्थायी तवरले नौका बिहार (¥याफटिङ) सन्चालन गर्न बडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिका तथा स्थानीयहरुसँग पहल भैरहेको बडीगाड गाँउपालिका ५ का ¥याफटिङ सञ्चालक तोम जिसीले जाकारी दिएका छन् ।
झण्डै १ किलोमिटर फैलावट र ३० देखि ३५ मिटरसम्म गहिराई रहेको तालको अवलोकन गर्नका लागि आन्तरिक पर्यटकहरुको चाप बढेपछी बडीगाड गाँउपालिका र स्थानीयहरु अनुमति लिएर १० दिनका लागि परीक्षणको रुपमा तालमा ¥याफटिङ सञ्चालन गरिएको सञ्चालक जिसीले बताए ।
त्यस्तै प्रथम वडिगाड महोत्सव तथा पौदी न्वागी मेलाको प्रचार प्रसारले गर्दा पनि तुरतुरे तालमा नौका विहार गर्न आउनेहरुको संख्या हवात्तै बढेको हो ।
यस्तै पछिल्लो समयमा ताल अवलोकन गर्नका लागि आन्तरिक पर्यटकहरुले समेत यस ताललाई स्थायीरुपमा राख्न सुझाव दिएका छन् । तुरतुरे तालमा नौका विहार सन्चालन हुनु स्थानीयबासीलाई मात्र नभएर सबैका लागि खुसी कुरा भएकोले यसलाई तालकै रुपमा बचाइ राख्नु पर्ने बडिगाड गापा ७ भिमगिठेका समाजसेवी टिपुरे सुनारले बताए ।
तुरतुरे ताल इश्वरले दिएको बरदान भन्दै ¥याप्mटिङ मार्फत सयर गरेर अवलोकन गर्नका लागि आफू आएको र अन्य ठाँउका ताल भन्दा तुरतुरे ताल धेरै फरक र बेग्लै अनुभूति पाएको मुसिकोट नगरपालिका १ गुल्मीका आन्तरिक पर्यटक चिरन केसीले बताए ।
साथै गल्कोट नगरपालिका ३ की आन्तरिक पर्यटक मनु खड्काले भनिन, सुरुमा त ¥याफटिङमा सयर नगरौकी भन्ने जस्तो लाग्यो, तर सबै साथीहरु सयर गरेको देखेर डराइ डराइ भएपनि ¥याफटिङमा सयर गरेपछि भने तालमै सयर गराँै–गरौँ जस्तो अनुभूति भएको भन्दै आफूले अन्य ठाँउको ताल अवलोकन गरेको भन्दा छुट्टै आनन्दको अनुभव पाएको बताइन ।
तालको उचित व्यवस्थापन र जोखिम न्यूनिकरण गरेर ताललाई तालकै रुपमा राखेर पर्यटन विकास गर्नसके आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउने र पर्यटनको विकासमा एउटा बलियो आधार तुरतुरे ताल बन्ने ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको भनाई छ ।
तुरतुरे तालमा आन्तरिक पर्यटकहरुको ठूलो घुइचो लाग्न थालेपछि बडिगाड गाँउपालिका र नगरपालिकाका जनप्रतिनिधिहरु पटक पटक बसेर तालका बारेमा आन्तरिक पर्यटकहरुलाई व्यवस्थित गदै पर्यटन विकास गरेर आयआर्जनमा जोड्न सकिन्छ भन्ने विषयमा बहस र छलफल भएको तर ठ्याक्कै निर्णय चाहि केही नभएको बडीगाड गाँउपालिका ७ भिमगिठेका वडा अध्यक्ष कृष्ण गुरुङ्गले ईबागलरङलाई बताए ।
गत भदौ महिनाको २९ गते राति साढे ११ बजेको समयमा तुरतुरे देउरालीबाट खसेको भीषण पहिरोले बडीगाड खोला थुनिएर बनेको सुन्दर ताल (जलाशय) हो । यो जलाशय बडीगाड गाँउपालिका ७ र ढोरपाटन नगरपालिका १ को बीचमा पर्दछ ।