Sorry, that menu does not exist.
 

रघुगंगा गाउँपालिकाको केन्द्र नसच्याए निर्वाचन बहिष्कार गर्ने संघर्ष समितिको चेतावनी !

म्याग्दी, २०७३ फागुन २८ । सरकारले शुक्रबार प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाका बहुसंख्यक जनतालाई सास्ती दिनेगरि रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकएिको विरोधमा रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ ।

संघर्ष समितिको शनिवार सम्पन्न आकस्मिक बैठकले रघुगंगा गाउँपालिकाको केन्द्र ८५ प्रतिशत जनसंख्यालाई सास्ती हुने गरि तोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले गाउँपालिकाको केन्द्र मौवाफाँट नतोकेसम्म निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो ।

संघर्ष समितिले रघुगंगा गाउँपालिकामा कुनैपनि राजनीतिक दलको तर्फबाट कुनैपनि राजनीतिक एवं चुनावी गतिविधि नगर्न आग्रह गरेका छन् ।

संघर्ष समितिले स्थानीय विकास अधिकारी प्रेमराज गिरी र प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई समेत ज्ञापन पत्र बुझाउँदै रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट नतोकेसम्म उक्त क्षेत्रमा निर्वाचन सम्बन्धि कुनैपनि गतिविधि र कामकारबाही नगर्न चेतावनी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply