Sorry, that menu does not exist.
 

समृद्धि र बिकास अब बोलीमा नभएर ब्यवहारमा कार्यान्वय गर्नु आवश्यक : नगर प्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ मंसिर ८ । गल्कोटमा आज सामाजिक एकता आजको आवश्यकता भन्ने नाराका साथ सुरु भएको चारतारे युवा क्लब सिवाईसी नेपालको २७ र्औ बार्षिक साधारण सभालाई प्रमुख अतिथी तथा गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सम्वोधन गर्दै समृद्धि र बिकास अब बोलीमा नभएर ब्यवहारमा कार्यान्वय गर्नु पर्ने आवश्यक रहेको बताए ।

नगरप्रमुख गैरेले केन्द्रिय सरकारले प्रदेश र स्थानिय सरकारको काम, कर्तब्य र अधिकारको बिषयमा स्पष्ट नीति ल्याउनुपर्ने बताउदै जनतालाई अब बसी खाने भन्दा पनि गरि खाने कार्यक्रम ल्याउन गैर सरकारी संस्थालाई आग्रह गरे । कार्यक्रममा क्लबका संरक्षक बरिष्ठ अधिबक्ता पदमनाथ शर्मा, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, जैमुनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगर, ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापा, निसीखोला गाउपालिकाका प्रमुख तारानाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका तिलक उप्रेति, नेपाली काग्रेसका फम खत्री, राष्टिय जनमोर्चाका अध्यक्ष टंक केसी, गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, गल्कोट बहुमुखी क्यापसका क्यापस प्रमुख कृष्णप्रसाद गौतम, सिवाईसीका सल्लाकार देब बहादुर श्रेष्ठ, सिवाईसी साकोस हटिया सेवा केन्द्रका संयोजक राम बहादुर खत्री, क्लबका भोर्लेटार साखाका सरला बिक, तम्गास साखाका अनिसा केसी, बुर्तिबाङ शाखाका केस कुमारी बुढा, बागलुङ शाखाका चक्रबहादुर छन्त्याल, साधारणसभा तयारी समितिका संयोजक तुक कुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा सामाजिक ब्यक्तित्व सम्मान कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर २ का देब बहादृुर श्रेष्ठ, उत्कृष्ट शाखा तर्फ हटियालाई सम्मान गरिएको थियो भने सामुदायीक बिद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका ६ जना सन्तानलाई शैक्षिक सम्मान गरिएको थियो ।

कार्यक्रममा कुश्मिसेरा, खर्वाङ शाखाले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । ६ जिल्लामा २१ साखा रहेको क्लबका १ हजार ६ सय ८५ आजिवन सदस्य, ४ सय ९९ बिशिष्ट सदस्य र ३७ हजार ५ सय ६० सहयोगी सदस्य रहेको क्लबको साधारण सभामा सचिव वीर बहादुर किसानले प्रगति प्रतिबेदन, कोषाध्यक्ष बिमला गुरुङले ५९ करोड, १४ लाख ३५ हजार ५ सय ३३ को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । चालु आर्थिक बर्षमा घ बर्गको राष्ट्रिय स्तरको लघुबित्त बैकमा रुपान्तरण हुने क्लबले जनाएको छ । साधारण सभा क्लबका अध्यक्ष चन्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष लक्षुमण खड्काको स्वागत मन्तब्य, सचिव बिर बहादुर किसान र सहसचिव गण्डकि थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्मरणीय छ, क्लबका विशिष्ट एवं साधारण सदस्यहरुले २६ औँ साधारण सभा नगरिकनै २७ औँ साधारण सभा कसरी हुन्छ ? भन्ने गम्भीर प्रश्न खडा गरेको अबस्थामा २७ सौ साधाारण सभा भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply