Sorry, that menu does not exist.
 

आठौँ दिनको बडीगाड महोत्सव अभूतपूर्व ! कलाकारको गायन र नेताहरुको नृत्यले तात्यो मेला !

दिनेश शर्मा, बडीगाड खारबजार २०७५ मंसिर ८ । बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलामा अभूतपूर्व जनसहभागिताले महोत्सव र मेलाको ईतिहासमै कीर्तिमान स्थापित गयो । आज उर्लिएको जनसागरले पन्ध्र हजार दर्शकहरुको उपस्थितिले रिकर्ड कायम गरेको आयोजकले बताएका छन् ।

आजको महोत्सवमा बागलुङ नगरपालिकाका नगरप्रमुखक जनकराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सदाझैँ आज पनि विभिन्न लोक गायक र गायिकाहरुव्दारा कर्ण प्रिय सांगीतिक प्रस्तुति दिईरहँदा दर्शक दीर्घा हुटिङ गरी रहे । संगीतको तालमा जनप्रतिनिधीहरु पनि कम्मर मर्काई मर्काई नाँचेका थिए ।

आज खेलिएको पुरुष भलिबल खेलमा मदन भन्डारी स्पोर्ट्स एकेडेमी र बडिगाड युवा मन्च फाइनल प्रबेश गरेका छ्न फाइनल भोलि हुने छ ।

खुल्ला राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम पुरस्कार रु ४५, हजार ०५ काठमाडौ कलाकेन्द्र टिमले जित्यो भने दोश्रो रु ३५ हजार ०५को पुरस्कार ग्वालिचौर समाज कल्याण केन्द्रले हात पारेको छ र साँगीतिक कार्यक्रम तर्फ आज कलाकार खुमन अधिकारि रुपा घर्ती ,शान्ती श्री परियार, आदि कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply