Sorry, that menu does not exist.
 

बागलुङमा लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियान आजदेखी शुरु

कोपिला कंडेल, बागलुङ २०७५ मंसिर ९ । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।

लैङ्गिक हिसां बिरुद्धको दिवसलाई बागलुङ नगरपालिकाले एक अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै संघिय सांसद मना केसीले लैङ्गिक हिसांलाई शुन्यमा पुर्याउनका लागि सबै सरोकारवाला जिम्मेवार र जवाफदेही हुनुपर्ने बताईन् । राज्यले महिलाको पक्षमा बिभिन्न ऐन कानुन निर्माण गरेपनि ब्यवहारमा कार्यान्वयन हुन नसक्दा हिसांले पश्रय पाईरहेको चर्चा गर्दै सांसद केसीले महिला सम्बन्धी संबिधानमा उल्लेखित कानुनको जगमा टेकेर महिला हिसांको अन्त्य गर्नुपर्नेमा जोड दिईन ।

सो अवसरमा जिल्ला न्यायाधिबक्ता धर्मराज पौडेलले हिसां अन्त्यका लागि महिला सशक्तिकरणमा ध्यानपुर्याउनु पर्नेमा जोड दिए । महिला हिसां बिशेष गरी सहरमा भन्दा बिकट गाउंबस्तीमा धेरै हुने चर्चा गर्दै गाउँंमुखी सचेतनामुलक कार्यक्रम हुनुपर्नेमा उनको जोड थियो ।
सो अवसरमा नेपाल महिला सघं बागलुङ्गका सचिव उषा पौडेल पुर्ब महिला बिकास अधिकृत लक्ष्मी जिसी कार्की नागरिक समाज बागलुका संयोजक काजि गाउले श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा महिला अधिकारकर्मी शर्मिला थापा र हुमा रिजालले जिज्ञासा ब्यक्त गरेका थिए । कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको अध्यक्षता, वडा नम्वर ३ का अध्यक्ष लक्ष्मी बास्कोटाको स्वागत मन्तब्य र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर कुवरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply