Sorry, that menu does not exist.
 

बडीगाड महोत्सवको आर्कषण ठूलो खुकुरी !

कौरव खत्री, वामी २०७५ मंसिर १० । बागलुङ जिल्लाको खारबजारमा बडीगाड महोत्सवमा नेपालकै ठूलो खुकुरी प्रर्दशन गरिएको छ ।

प्रथम बडीगाड महोत्सव तथा न्वागी मेलाको अवसरमा ढोरपाटन नगरपालिका १ बुतिवाङका आरन व्यवसाय गदै आएका मन बहादुर बिकले आफुले बनाएको ३५ किलोग्रामको खुकुरी प्रर्दशनमा लिएर आएको बताए ।

साथै बिकले भने आफुले निर्माण गरेको खुकुरी ३५ केजी रहेको र खुकुरी नेपालमै सबैभन्दा ठूलो भएको दावी गरे ।

साथै उक्त खुकुरीको बजारमूल्य भने ९९ हजार,९सय,९९ रुपैया निर्धारण गरिएको उनले बताए । महोत्सवमा आउने प्राय सबै मानिसहरुले खुकुरीलाई राम्रोसँग निहालेर अवलोकन गरे केही युवाहरुले त बल्लतल्ल उचाल्ने गरेका थिए ।

उक्त खुकुरीलाई ८ दिन लगाएर निर्माण गरिएको बताउदै अव आउँदो तीन महिना भित्र झनै ठूलो ४०केजी भन्दा पनि ठूलो खुकुरी निर्माण गर्ने र त्यसको बजार मूल्य भने १ लाख,११ हजार, १ सय,११ रुपैया रहने समेत बताए ।

यो लिंक पनि पढौं
आजको तस्वीर : बडीगाड महोत्सवमा मनबहादुर बिकको खुकुरी !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply