छविलाल पाण्डे, बुर्तिवाङ २०७५ मंसिर १० । तमानखोला गाउँपालिकाले अनिवार्य रुपमा स्वास्थ्य चौकीमा प्रसुति अभियान सञ्चालन गरेको छ ।
गाउँपालिका कार्यपालिकाको बैठकबाट महिलाहरुले घरमै सुत्केरी हुने परिपाटीको अन्त्य गर्ने र आमा र बच्चाको जीवन बचाउने उदेश्य सहित यस्तो अभियान थालिएको हो । गाउँपालिका भित्रका सबै महिलाहरुले स्वास्थ्य संस्थामा गई बच्चा जन्माएको वर्थिङ सर्टिफिकेट कार्ड भएमा मात्रै वडा कार्यालयले बच्चाको जन्मदर्ता गर्ने अन्यथा नगरिने निती लिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बताए ।
गांउमा प्राय सानै उमेरमा विवाह गर्ने र गर्भवती भएसंगै चेकजांच नगराउने, घरमै बच्चा जन्माउने जस्ता समस्या रहेको भन्दै यस्तो समस्याको अन्त्य गर्न अनिवार्य स्वास्थ्य संस्थामा प्रसुती गर्ने अभिानको शुभारम्भ गरेको हो ।
तमानखोला गाउँपालिकाको बोङगाोभान स्वास्थ्य चौकी, र तमान स्वास्थ्य चौकीबाट प्रसुती सेवा दिईँदै आएको र पौष १ गतेदेखि गाउंपालिकाको वडा नं. ६ खुँखानीमा समेत सेवा विस्तार गरिने प्रशासकिय अधिकृत गौतमले बताए ।