Sorry, that menu does not exist.
 

यस्तो छ, बलेवा-काठमाडौ-बलेवा विमान सेवा सन्चालनको बेली-बिस्तार !
रित्तो बिमान उडाएर बागलुङ नगरपालिकाले १२ लाख रुपयाँ तारा र नेपाल एयरलाईन्सलाई बुझायो !

महँगो भाडा र यात्रुको अभावले बलेवा-काठमाडौ-बलेवा बिमान सेवा अनिश्चित !

बागलुङ २०७५ मंसिर ११ । बलेवा-काठमाडौ-बलेवा बिमान सेवा सन्चालन गरेर वाही वाही कुम्ल्याउने र दुई दशक भन्दा बढी समय देखी बन्द रहेको बलेवा बिमान स्थल सुचारु गरी कीर्तिमान कायम गर्ने दौडमा निस्किएका बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अदूरदर्शिता एवं अपरिपक्कपनाले बागलुङ नगरपालिकालाई हालसम्म रु १२ लाख भन्दा बढी क्षतीपुर्ति व्यहोर्नु परेको छ भने ज्यादै महंगो भाडा (प्रति यात्रु रु ६ हजार ६ सम्म) तिरेर बलेवा-काठमाडौ-बलेवा उडान भर्दा यात्रुहरुको ढाडै सेकिएको छ ।

नगरप्रमुख पौडेलले दुई बिमान कम्पनीहरु संग गरेको सम्झौतामा बलेवा-काठमाडौ र काठमाडौँ-बलेवा प्रत्यक उडानमा न्यूनतम १२ जना यात्रु हुनै पर्ने अन्यथा नपुग यात्रुको भाडा नगरपालिकाले व्यहोर्नु पर्ने (क्षतपुर्ति दिने) उल्लेख छ । यसको निम्ति नगरपालिकाले बिमान कम्पनिहरुलाई दश/दश लाख रुपयाँ अग्रिम दिईसकेको छ ।

साउन महिना देखी स्थगित भएको विमान सेवा असोज महिना देखी नेपाल एयरलाईन्सले हाल सम्म तीन उडान भरेको छ । पछिल्ला उडानहरुमा यात्रुहरु न्यून रहेकाले उडान स्थगित गरेको बुझिएको छ । उता विमानको अभाव देखाएर तारा एयरलाईन्सले साउन देखी विमान सेवा स्थगित (बन्द) गरेको छ ।

श्रोतका अनुसार यसरी रित्तो बिमान उडाएर नगरपालिकाले तारा र नेपाल एयरलाईन्सलाई क्रमश रु ५ लाख ६५ हजार र रु ६ लाख ९० हजार गरी जम्मा रु १२ लाख ५५ हजार रुपयाँ बुझाई सकेको छ भने नगरपालिकाको तारा एयर संग रु ४ लाख ३५ हजार र नेपाल एयर संग रु ३ लाख १० हजार डिपोजिट बाँकी रहेको देखिन्छ ।

पछिल्लो समय रित्तो बिमान उडाएर नगरपालिकासंग भाडा असुल्नु जायज नहुने बिमान कम्पनिहरुले बुझेको आभास मिलेको छ । नेपाल एयरलाईन्सले २/३ जना मात्र यात्रु भएपछी बिमान सेवा रद्द गरेको श्रोतले बतायो । तारा एयरलाईन्सले भने पुष महिना देखी बिमान सेवा सन्चालनमा ल्याउने चर्चा छ । डिपोजिट रकम बाँकी भएसम्म बिमान सेवा चालु रहन्छन त्यो निश्चित छ, तर रित्तो जहाज उडाएर नगरपालिकाले बिमान कम्पनिहरुलाई पोस्ने र महंगो भाडा तिराएर यात्रुहरुलाई मारमा पार्ने निन्दनीय कुकृत्य जारी राख्छ, राख्दैन त्यो हेर्न बाँकी छ ।

बिभिन्न बिमान कम्पनिहरुको पोखरा-काठमाडौ एकतर्फी भाडा रु २ हजार २ सय रहेको छ । बेनी, बागलुङ र कुस्माबाट ट्याक्सीमा पोखरा सम्म जान अधिकतम भाडा रु २ हजार सम्म पर्छ । बिहानै ट्याक्सी लिएर पोखरा पुगेर बिमानमा काठमाडौ उडान भर्दा पनि रु ४ हजार भन्दा बढी भाडा दिनु पर्दैन जबकि बलेवा काठमाडौ उडान भर्दा एक यात्रुले ६ हजार रुपयाँ भन्दा बढी भाडा तिर्नु पर्छ । लाटाले पनि बुझ्ने यस तथ्यलाई ‘आफु जस्तो चतूर बाठो कोहि छैन…’ भन्ने नगरप्रमुख पौडेलको कुबुद्धिको घरघरमा चर्चा भैरहेको छ, नगरबासीले यसरी आफुले तिरेको लाखौँ रकम रित्तो बिमान उडाएर बिमान कम्पनिलाई दिनु बिल्कुल अनियमित कार्य हो भनेर कार्बाहीका माग गरिहेका छन् । पाईप खरीद प्रकरण होस् या कोरिया भ्रमणको विषय होस् या बसपार्क निर्माण सबैतिर नगरप्रमुख दुर्गन्धित बन्दै गएका छन् । पर्फ्युम (अत्तर) छर्किएपनि दुर्गन्ध हराउने स्थिति छैन । गजब त के छ भने, न त यो अनियमितता अख्तियारले हेर्छ न सरकारले देख्छ ।

यस्तो छ, बलेवा-काठमाडौ-बलेवा विमान सेवा सन्चालनको बेली-बिस्तार !

क) बलेवा बिमान स्थलमा पहिलो परीक्षण उडान तारा एयरको बिमानले २०७४ चैत ५ गते गरेको थियो ।

ख) बागलुङ नगरपालिकाका तर्फबाट नगरप्रमुख जनकराज पौडेलले तारा र नेपाल एयरलाईन्स दुई विमानन कम्पनि संग गरेको सम्झौता सार्वजनिक भएपछी आम नगरबासीहरुले यसको बिरोध गरे ।

ग) २०७४ साल चैत ७ गते ईबागलुङले विमान सेवा कसको हितमा ? शीर्षकमा समाचार प्रकाशित गरेको थियो । २०७४ चैत १० गते ‘ताकि सनद रहोस … ‘ शीर्षकमा टिप्पणी प्रकाशित ग-यो

घ) तारा एयरको पहिलो नियमित उडान २०७४ चैत ९ गते भयो । नेपाल एयरलाईन्सको पहिलो बिमान २०७४ चैत १५ गते बलेवा बिमानस्थलमा अवतरण गरेको थियो । दुबै बिमान कम्पनिहरुले नियमित विमान सेवा सन्चालनमा ल्याउन सुरु गरेदेखिनै नपुग यात्रुहरुको रकम नगरपालिकाले क्षेतीपूर्ति दिने क्रम शुरु भयो ।

ङ) २०७४ चैत २६ एकै उडानमा बागलुङ नगरपालिकाले तारा एयरलाई बुझायो रु. ७१ हजार ५ सय हर्जाना !

च) केहि हप्ताको अन्तराल पछी २०७५ जेठ २४ गते नेपाल एयरलाईन्सको बिमान १ जनामात्र यात्रुलिएर बलेवा अवतरण गयो भने जेठ ३१ गतेको उडानमा पनि यात्रु कम भएकाले नगरपालिकाले नेपाल एयरलाईन्सलाई रु १ लाख २६ हजार क्षतीपुर्ति दिनुपर्ने भयो ।

छ) जेठ २७ गते देखी तारा एयरले यात्रुको भाडा दरमा बृद्धि गरेर रु ६ हजार ७ सय ५० पुरायो ।

ज) २०७५ असार ३ गते तारा एयरले काठमाडौबाट ५ जना र बलेवाबाट ६ जना यात्रु लिएर उडान भयो । नपुग यात्रु १३ जनाको भाडा रु ८८ हजार भन्दा बढी नगरपालिकाले व्यहोर्नु प-यो ।

झ) २०७५ असार २१ गते काठमाडौबाट बलेवा उडान भरेको नेपाल एयरको बिमान रित्तै थियो भने काठमाडौ फर्कदा ६ जना यात्रु बोकेर गएको थियो । यी उडानबाट नगरपालिकालाई रु १ लाख भन्दा बढी हर्जाना व्यहोर्नु प-यो ।

ईबागलुङ डेस्क ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply