Sorry, that menu does not exist.
 

बुर्तिवाङमा शैक्षिक एवं धार्मिम महोत्सव सुरु : यसरी गरियो प्रमुख अतिथी नगरप्रमुख नेपालीको भव्य स्वागत !

दिनेश शर्मा/झरना कंडेल, बुर्तिवाङ २०७५ मंसिर १५ । बुर्तिवाङ स्थित निसीभुजी जनता क्याम्पस बुर्तिबाङलाई सुविधा सम्पन्न स्मार्ट क्याम्पस संचालनार्थ आयोजित बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव—२०७५ को शुभारम्भ भएको छ । यस अघी ४ सय कलश यात्रा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष चन्द्र अर्यालले गरेका छन् । स्वागत भाषण टंक पौडेलले गरेका थिए भने कार्यक्रमको सन्चालन लोकेन्द्र निराशी र उत्तम महतले गरिरहेका छन् ।

महोत्सवका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली महायज्ञ स्थलमा आईपुग्दा भव्य स्वागत गरिएको छ । प्रमुख अतिथी नेपालीको स्वागतको चारैतिर प्रशंसा भैरहेको छ । फुलका मालाहरुले नगरप्रमुख नेपालीको अनुहार पुरै ढाकिएको थियो । महोत्सवका सहभागीहरुले भन्दै छन ‘यस्तो पो स्वागत !’

बुर्तिवाङ बजार महोत्सवमय बनेको छ । महोत्सव स्थल उत्तरगंगा माविको प्रांगणमा मानव सागर उलिएको छ । महोत्सव व्यवस्थापन समिति लगायत अन्य उपसमितिीहरु सक्रियरुमा महोत्सव सफल बनाउन मरिमेटेको अवस्था छ ।

तस्वीरमा महोत्सव

अपडेट गरिरहने छौँ हामी संगै रहनु होला ।
अपडेट:२ . ३० बजे
प्रमुख अतिथी नेपाली द्वारा पानसमा दीप प्रज्वलित गरी ब्यानर अनावरण गर्दै पण्डितहरुद्वारा स्वस्ती बाचनका साथ उद्घाटन गरेका छन् । उद्घाटनपछी बोल्दै प्रमुख अतिथी नेपालीले शिक्षा सबैभन्दा ठूलो कुरा रहेको बताए । उनले शिक्षा लगाएत सबै कुराको बिकासका निम्ति सबै दल ,धर्म,लिङ्ग ,वर्ण र समुदायका मान्छे एक हुन जरुरी रहेको उल्लेख गर्दै आफुले विभिन्न बिधालयमा गरि ५१ जना शिक्षकहरु आफैले तलब दिने गरि राखेको खुलासा गरे । उनले शिक्षाको निम्ति सकारात्मक धारणा राख्दै सबैलाइ अगाडि बढ्न आव्हान समेत गरे ।
नगरप्रमुख नेपालीले गुणस्तरीय शिक्षा गाउमा दिन नसक्दा बसाइसराइ गरि शहरिया क्षेत्रमा जाने क्फम बढेकोमा चिन्ता व्यक्त गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply