ढोरपाटन २०७५ मंसिर १५ । ढोरपाटन नगरपालिका ९ ढोरपाटन नवीगाउॅमा गत आईतबार बिहानी पख ३ बजेको समयमा आगोलागीमा परि क्षतिग्रस्त घरहरुको आज गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान र प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले स्थलगत अवलोकन गरेका छन् ।
स्थलगत अवलोकन पछि पीडितहरु सॅग कुराकानी गर्दै प्रदेश मन्त्री चुमानल यो विपतको घडीमा धैर्य गर्न आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट आवश्यक राहत तथा सहयोग हुने बताए। आगोलागी के कसरी भयो त्यसबाट के कति क्षति भयो भन्ने विषयमा समेत उनले विस्तृत जानकारी लिएका थिए। भोलि बोबाङमा प्रदेश सरकारको तर्फबाट राहत वितरण गर्ने कार्यक्रम तय गरिएको मन्त्रीका स्वकिय सचिव राजु विकले ईबागलुलाई बताए ।
मन्त्री चुमान र सांसद बुढाको टोलीले आजै पर्यटकीय स्थल रुद्र ताल, ढोरपाटन शिकार आरक्ष, हनुमान ध्वज गुल्म ढोरपाटन ब्यारेक, ढोरपाटन संग्राहलय लगायतको स्थलगत अवलोकन गरेको छ ।
सो अवसरमा ईलाका प्रशासन कार्यालय बुर्तिबाङका शाखा अधिकृत नन्दराम भुसाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुब्बा सफल शर्मा, जिल्ला प्रशासन कार्यालयका अर्जुन ढकाल, नेपाल प्रहरी सॅगै स्थानियको उपस्थिती रहेको थियो ।
तस्बीर- अर्जुन ढकाल
प्रदेश मन्त्री चुमानव्दारा आगलागीबाट ध्वस्त नवीगाउँको अवलोकन : विपतको घडीमा धैर्य गर्न आग्रह !
२०७५ मंसिर १५, शनिबार १९:३३
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७७ श्रावण १९, सोमबार १८:२९
जनै पूर्णिमाका अवसरमा ढोरबराह मन्दिरमा पूजाअर्चना : ३ सय भेँडाको साँढ बलि चढाईयो !
२०७७ जेष्ठ ८, बिहीबार ०६:४७