सुमन जिसी, बागलुङ २०७५ मंसिर १६ । जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको एकैदीन दुई वटा सहकारी संस्थाका सञ्चालक समिति, उपसमित र कर्मचारीहरुले स्थलगत अवलोकन गरेका छन् ।
लमजुङको सुन्दरबजार स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. र कास्कीको हेम्जा स्थित गौरीर्शकर बचत तथा ऋण सहकारी संस्थाको टोलीले शनिवार सिवाईसीको साकोसको स्थलगत अवलोकन गरी एक आपसमा अन्तरकृया तथा अनुभव आदन प्रदान समेत गरेका छन् ।
सिवाईसी साकोसले गरेका सिर्जनशील कार्यहरुलाई अनुसरण गर्ने र आफुहरुले गरेका राम्रा कार्यहरु सिवाईसीलाई जानकारी दिई सहकारी अभियानलाई उचाईमा पु¥याउने उद्देश्यका साथ आफुहरुले सहकारी अध्ययन अवलोकनका लागि सिवाईसीलाई छनौट गरेको अपेक्षा संकलनका सम्वन्धमा एभरेष्ट साकोसका अध्यक्ष रामवावु श्रेष्ठ र गौरीशंकर साकोसका प्रवन्धकले जानकारी गराएका थिए ।
अन्तरकृया कार्यक्रममा सिवाईसी साकोसले छोटो समयमा गरेका गतिविधिहरु र सहकारी संस्थालाई दिगो, संस्थागत र सदस्यमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषय र समग्र सहकारी अभियानका बारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।
कार्यक्रम सिवाईसी साकोसका अध्यक्ष पौडेलको अध्यक्षता, प्रवन्धक नवराज शर्माको स्वागत र ऋण सहकायक सीता सापकोटका सञ्चालनमा सम्पन्न भएको थियो ।