गुमानसिँह भण्डारी, गल्कोट २०७५ मंसिर १६ । मृगलाई काल आयो भने गाउँतिर झर्छ भन्ने पुरानो उखान छ । आज विहान गल्कोट नगरपालिका ३ हटिया बजारमा घोरल झ-यो । तर तेस्को काल भने आएन । गाउ- बजारमा झरेको मृग, राते, घोरललाई स्थानीयले समातेर खाने भएकाले बन्यजन्तु गाउँ पसे मारिन्छ भन्ने उखान बनेको होला ।
आज बिहान हटिया बजार झरेको घोरललाई समातेर स्थानीयले खाने काम गरेनन् अपितु प्रहरी प्रशासन, जनप्रतिनिधि, पत्रकार, सव डिभिजन बन कार्यालय गल्कोट र स्थानियको रोवहरमा गल्कोट नगरपालिका वडा नम्बर ३ काभ्रेचौर सामुदायिक बनमा छोड्ने निर्णय भएको छ ।