बागलुङ २०७५ मंसिर १७ । नेपाल विद्यार्थी संघ बागलुङले गाउँ गाउँमा संगठन विस्तार अभियान चलाएको छ । संघले जिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा रहेको रत्न राज्यलक्ष्मी मावि र देविस्थान माविमा आफ्नो संगठन विस्तार गरेको छ ।
नेविसंघले आफ्नो अभियान अन्तरगत रत्न राज्यलक्ष्मी माविमा हरिप्रसाद शर्माको अध्यक्षतामा नेविसंघको कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्ष संझना कुँवर सचिवमा युवराज कार्की, सह–सचिवमा सम्राट खत्री, र कोषाध्यक्षमा केपिला विक रहेका छन ।
समितिको सदस्यमा अमृत कुँवर, हिमाल थापा, रिता कुँवर, ईन्द्रा क्षेत्री, तिलक कुँवर, अनिशा छन्त्याल, प्रकाश थापा र मिलनकेसी रहेका छन ।
त्यसै गरी आईतबार नै देविस्थान मावि देविस्थानमा पनि सुमन राम्जालीको अध्यक्षतमा नेविसंघको गठन गरिएको छ । समितिको उपाध्यक्षमा पुनम गुरुङ, सचिवमा किस्मत बुढा, सह सचिवमा दिपा विश्वकर्मा र कोषाध्यक्षमा चिनाकुमारी कुमाल रहेका छन । त्यसैगरी समितिको सदस्यमा विशाल विक, सुश्मिता मगर, मनिका भण्डारी, एलिना सुनार र सुजता बुढा रहेका छन ।
संगठन विस्तार अभियान कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बागलुङका उपाध्यक्ष नरेन्द्र्र कंडेल, नेविसंघ हरेक विद्यार्थीको हकहितका लागी बोल्ने संगठन भएको बताएका छन । उनले देश दुई तिहाईको बाहुल्यताले झनै संकट तिर जान लागेको भन्दै यसको खबरदारी युवा विद्यार्थीले गर्नुपर्ने बताएका छन । कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्मा, नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेल, जिल्ला सदस्य आनन्द रेग्मी सरण पाण्डे बुद्धमान श्रीपाली विनोद भण्डारी लगायतले बोलेका थिए ।