प्रेम सुनार, गुल्मी २०७५ मंसिर १७ । यति बेला महिला हिंसा बिरुद्धको १६ दिने अभियान देशैभर छेडिरहेका छन अधिकारकर्मी महिलाहरुले । विगतका बर्षहरुमा पनि यो अभियान गरिदै आएको थियो । त्यसका वावजुद पनि महिलाहरु विभिन्न प्रकारका हिंसामा परेर पनि न्याय पाउन नसकेका थुप्रै घटनाहरु छन । बिशेष गरी दलित समुदायका चेलीहरु अन्तरजातिय प्रेम र विवाह सम्वन्धका कारण हिंसामा पर्ने गरेका छन ।
प्रदेश ५ का केहि जिल्लामा कतै कुमारी आमा त कतै अवैध सम्वन्धबाट जन्मिएका सन्तानहरु नगरिकता पाउन नसकेका कारण बेबरिसे जस्तै बनेका छन । बढि मात्रमा ग्रामिण क्षेत्रका दलित समुदायका छोरीहरु अन्तरजातिय प्रेम र विवाह सम्वन्ध गरेका कारण यस्तो समस्यामा परेका हुन । यस सन्धर्भमा उदाहरणका लागि हामीले गुल्मीका तिन वटा घटना उठान गर्न गई रहेका छन ।
गुल्मीको रेसुुङ्गा नगरपालिकाकी सुन्तली ( नाम परिवर्तन ) की छोरीको उमरे अहिले १३ बर्षको भयो । छोरीका बाबु को हुन भन्ने स्ययम आमलाई नै थाह छैन । ती छोरीको जन्मदर्ता बनाउन भनेर पटक पटक वडा कार्यालयमा धाईन । रेसुङ्गा नगरपालिकाका कार्यालयमा पनि केहि सहयोगीहरु संग पुगिन तर सिफारिस दिनै मानिएको छैन ।
रेसुङ्गा नगरपालिका कि अर्की दलित महिलाका पनि १९ बर्षिय छोराको अहिले सम्म जन्म दर्ता बन्न सकेको छैन । ४० बर्षिया कल्पना बिकका छोराको जन्मदर्ता र नागरिकता बन्न नसकेको हो । २०५६ सालमा तत्कालिन गुल्मी आर्घाखाँची ग्रामिण परियोजना –(गार्डेप ं ) मार्फत गरिने विकास निर्माणको मिस्त्री काम गर्न आएका उदयपुरको साविक चिराउनी गाविस निवासी जंगबहादुर मगरले गुल्मीको साविक तम्घास गाविसकी उनै कल्पना बिक संग दोश्रो विवाह गरी गुल्मी मै बसे ।
उनको नागरिकतामा ठेगना उदयपुरको तत्कालिन चिराउने गाउपञ्चायत रहेको छ । उनले २०४४ सालमा नागरिकता बनाएका छन । उनको घरमा तीन सन्तान र जेठी श्रीमति रहेको मगर बताउँ छन । विवाहित भएका कारण यता कल्पना बिकले गुल्मीका माईती पक्षबाट नागरिकता बनाउन पाईनन । उनका १९ बर्षिय छोराको जन्म दर्ता समेत छैन । त्यो नहुँदा छोराले पढ्नु त परै जाओस डाईभर काम सिकेर पनि लाईसेन्स बनाउनबाट बञ्चित भएका छन ।
कल्पनाले गत १० बर्ष देखि ती छोराको नागरिकता बनाउन धेरै पटक जिल्ला प्रशासन पुगिन । धेरै वटा चुनाव ताका तीनै छोराको नागरिकता बनाई दिने सर्तमा उनले भोट हालेको बताउँ छिन । धेरै जना दलित नेताहरु संग आग्रह गरिन तर कसैले ती छोराको नागरिकता बनाई दिन सकेनन न उनको नै ।
कःल्पनाका श्रीमान उता परिवार , छोरा छोरी र छिमेकीको डरले उदयपुर फर्किन डराएका छन । उनका वारेमा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल भन्छन–‘ उनका श्रीमान डराएर उदयपुर घर जान सकेका छैनन । मैले डराउनु पर्दैन सुरक्षाको जिम्मा म लिन्छु जानुस भनेर भन्दा पनि उनि जान सकेका छैनन । उनले बसाई सराईको कागज नल्याएर सम्म उनका नामबाट उनकी श्रीमति र छोरालाई नागरिकता दिन मिल्दैन । उनकी श्रीमतिलाई माईतीको तर्फबाट नागरिकता दिउँ भने उनका सन्तान बेवरिसे हुन्छन । ’
उता गुल्मी कै धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोकमा पार्वती नेपाली १२ बर्षको सन्तान लिएर माईती मै अलपत्र परेकी छन । जनयुद्ध कालमा स्थानिय ममराज पन्थी संग प्रेम सम्वन्ध रहन गई गर्वधारण गरेर जन्मेका उनका छोराको जन्म दर्ता समेत हुन सकेको छैन । उनले जिल्ला अदालत गुल्मीबाट पन्थीकी श्रीमति र ती सन्तान उनका बाबु भएको मुद्धा जितेको पनि धेरै बर्ष भई सक्यो । तर स्थानियले स्वीकार नगरेको र अदालतबाट पति कायम भई सकेका पन्थी सम्पर्क विहिन भए पछि उनीहरु आमा छोरा नै बेबरिसे जस्तै बनेका छन ।
उनको नागरिकता बनाई दिन पनि प्रंमुख जिल्ला अधिकारीले नमानेको गुनासो दलित नेता गणेश बिश्वकर्माले गरेका छन । उनका सम्वन्धमा प्रमुख जिल्ला अधिकारी पौड्याल भन्छन–‘ मैले नमानेर होईन , स्थानियले अस्वीकार गर्दै वडाबाट सिफारिस नपठाएका कारण उनको नागरिकता बन्न नसकेको हो । सम्पर्क विहिन भएका उनका श्रीमान ठहरिएका ब्यक्तिलाई पक्राउ गर्ने तर्फ सोचिएको छ । त्यस पछि उनको नागरिकता बन्ने छ । ’
उता १३ बर्षकी छोरीका बाबु को हुन भन्ने थाहै नपाएकी आमाको जन्म दर्ता र नागरिकता बारे के हुन्छ त ? भन्ने अर्को प्रश्नमा पौड्यालले भने–‘ त्यस्ताका लागि नयाँ नागरिकता सम्वन्धि नयाँ निर्देशिका सांसदमा लगिदै छ । नागरिकता विहिन नागरिक नबनाउने राज्यको नीति रहे पनि माथी उल्लेखितहरुका समस्या समधानका लागि संसदले पक्कै पनि नयाँ बन्ने निर्देशिकामा समेट्ला । ’ ती तिनै जना महिलाहरु दलित समुदायका छोरीहरु हुन । गुल्मीमा अन्तरजातिय विवाह गरेर त्यसरी नै अलपत्र परेका थुप्र्रै दलित महिला रहेको दलित नेता बिश्वकर्मा बताउँछन ।